Daily Archives: 29/11/2017

चित्र

नेपाली दूतावास कुवेत नोभेम्बर ३० तारिख बन्द रहने


Advertisements

एम्बुसमा परी कांग्रेस उम्मेदवार कार्कीसहित ४ जना गम्भीर घाइते


•हेलिकप्टरबाट राजधानी लैजाने तयारी •सडकमुनी विष्फोट हुँदा गाडी १० मिटर माथि उफ्रियो
– डिल्लीराम खतिवडा, उदयपुर
मंसिर १३, २०७४-निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा परेको छ । सडकमुनी राखिएको बम विष्फोट विष्फोट हुँदा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् । चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर घटना भएको हो । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन टोली आउँदै थियो । पढ्नेक्रम जारी राख्नुहोस्

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा


सन्तोष न्यौपाने
काठमाडौं – निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ काे मृत्यु


१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्