आफ्नै मौन धारणा मा अनुशासन भंग. मेरो कुनै पार्टी सग सम्बन्ध पनि छैन र नेता सग ब्यक्तिगत चिन्जानी पनि छोइन जे


बिष्णु थापा – डा. राम ब. बि.सि.VS टोपबहादुर रायमाझी नेपाल को राजनीतिमा नयाँ, बैकल्पिक, उर्जाबान शशक्त र नयाँ सोच बिचार युक्त पार्टी को नितान्त आबस्यकता हो। प्राबधिक कारण हामी यसलाई आत्मसात गर्न नसकेको अवस्था छ। पुराना राजनीति शक्ति expired भएको मेडिसिन जस्तै हुन “काङ्ग्रेस , एमाले ,माओवादी” तेसैले पार्टी गत आस्था भन्दा पनि ब्यक्तिगत विश्लेषण र दृष्टिकोण हरु महत्त्वपूर्ण र सान्दर्भिक हुने छन।

मंसिर महिनामा बढ्दै गरेको चिसोको साम्राज्य मा चुनावी तापमय माहौल को मिश्रण ले बाताबरण धेरै रोनक बनिरहेको छ। देशमा रहेको विद्यमान चरम बेरोजगारी, जसको कारण लाखौ युवाहरू यसको प्रत्यक्ष अप्रत्यक्ष रूपमा ढाल बनिरहेका छन।

आदरणीय अर्घाखाँचीबासि समुदाय , बिश्व पसिद्ध अमेरिकी राष्ट्र्पती अब्राहम लिन्कन ले प्रध्यान्याध्यापक लाई आफ्नो छोरा सम्मन्धी लेखेको पत्रको स्मरण गर्न चाहान्छु।” मेरो छोरा जता एकहुल र भिड छ त्यतातिर लाग्ने प्रबृतिको नहोस् सत्य तथ्य राम्रो सग छुटाउन सक्ने उसमा क्षमता होस”। यस्तै अहिले को अवस्था छ। आधारहीन आश्वासन को खेती, भ्रमात्मिक प्रचार तथ्य हिन शब्द ले पनि बजार बनाउन सम्भब हुदो रहेछ तर सत्यता केही फरक ।

डा. राम ब बि सि र टोपबहादुर कसलाई भोट दिने मतदाता लाई चुनौती को बिषय बन्न सकला बैकल्पिक राजनिती को अभाव मा यह् दुई मध्ये एउटा लाई मनोनय गर्न पर्ने बाध्यता अर्घाखाँची बासी सामु छ।
टोपबहादुर रायमाझी 2 चोटि अर्घाखाँची बाट साम्सद बनी सक्नु भएको छ र यो पनि बिधितै छ उहाले भौतिक अनि उर्जा जस्तो गरिमामय मन्त्री पद पनि समाली सक्नु भयको छ। उहा ले अर्घाखाँचीमा धेरै बिकास गर्नु भयो भन्ने आधार हिन बिज्ञापन र भ्रमात्मिक चर्चा हरु आफ्नै ठाउमा होलान्। तर सत्य तथ्य र यथार्थ लाई मुल्यांकन गर्दा अर्घाखाँचीमा बिकास 10 बर्ष पुर्ब र अहिले को बिकास मा सामन्य मोटर बाटो र single fuse electricity. यो पहिले पनि थियो र अहिले सबै क्षेत्रमा पुगे होला , यश भन्दा कुनै पनि बिकास का पुर्बधार हरु छोइनन ।यति ठुलो अबिधी मा 2 टा पन्चबार्षिक योजना पुर्ण हुने समय हो तर बिड्म्बना बिकास को अवस्था नाजुक छ।
यो बिकास टोपबहादुर बिना अस्म्भब भन्नू मुर्खता हो त्यो स्थान अरु भय पनि यो सामन्य बिकास हुने नै थिय चाहे त्यो राणा शासन नै किन नहोस् , यो त समय को परिवर्तन थियो, यदि टोपबहादुर बिकास प्रेमी नेत हुन भने अर्घाखाँची बाट बिगत 10 साल म कति दक्ष जन शक्ति उत्पादन गर्नु भयो र त्यसको लागि पहल भयो। कति औद्योगिक क्रान्ति भयो 10 बर्ष मा। शैक्षिक सामाजिक आर्थिक क्षेत्रमा पनि बिकास मन्द नै छ कुनै ठोस प्रगती भयको छैन यो स्पष्ट छ।
अझै पनि जिल्ला मा प्रशस्त पानी को स्रोत हुँदा हुदै पनि सबै क्षेत्र मा खानेपानी सहजरूपमा पुग्न सकेको छैन । जिल्लामा राम्रो योग्य क्षमतावान र प्राबिधिक र दक्ष जनशक्ति उत्पादन गर्न्रे कुनै शैक्षिक सस्था छैन जसको कारण हजारौं युवाहरू उच्च शिक्षाको खोजीमा बाहिर पलायन हुनु पर्ने तितो अनुभव जस्ता को तस्तै छ। जिल्लामा स्वास्थ सेवाको स्थिति अझ कति दयनीय छ अयोग्य स्वास्थकर्मि बाट सेवा लिदा कैयौं को ज्यान जोखिम मा छ यसको लागि जिल्लामा एउटा मापदण्ड सम्म छैन । टोपबहादुर लाई बिकास प्रेमी भन्ने हरुलाइ अर्थशास्त्र मा नोबेल पुरासकार को लागि अपिल गर्नै पर्छ।
हो यो बिकास हुन सक्ला सत्ता र शक्ति को भरमा कसैलाई 3/4 वट जब लगाय होलान कमिसन को भरमा ठेक्का पट्टा दिय होलान् । हिजोआज चुनाव मा बिकास गर्छु भनेर चिच्याउनु जित को लागि दिब्यस्वपन देखाउनु हो। के दस बर्ष सम्म बिकास जन्जिर ले बधियको थियो कि निद्रा मा थियो र बिकास अब जगायको ।

फेरि अब टोपबहादुर रायमाझी को बाम गठबन्धन भित्र भबिस्य के त। हिज बाबुराम को निकट ता ले अबसर मिलेको थियो । बाबुराम को पार्टी बाट बहिर्गमन पछि यसको प्रभाव टोपबहादुर मा पर्नु स्वाभाविक हो। अब उनको स्थान एउटा सामन्य नै रहन्छ। अब अबसर भयर त काम गरेनन् अब यी अबसर बिना काम गर्नु कठिन छ। पार्टी भित्र टोपबहादुर को प्रभाव न्यून भएको यो संकेत गर्छ कि उज्ज्वल खड्का लाई प्रदेश शभा समानुपातिक कतै पनि उठाउन सकेनन् ।

डा. राम ब बि सि 4 चोटि चुनाव हारेर पनि पुन जनता सामु आउनु सायद उहाँको महत्वाकांक्षी इच्छा हुन सक्ला । प्राय मान्छे हरु 1/2 हार पछि हरायर जानछन । धेर्यता गर्दै थप संकल्प सहित पुन कुनै हिच किचाट बिना मत माग्दै गर्दा यस पाली उहाँ लाई शान्तवना को मत भय पनि अर्घाखाँची बासी ले दिनै पर्छ ।सत्ता शक्ति बिना उहाँको परोपकरी र समाजसेबा को काम गर्नु महान ता को पहिचान हो। झुटा प्रचार ले पसिद्ध हुनु भन्दा यथार्थ ता ले समाज सेवा गर्नु महान हो यो सबैले बुज्नु आब्स्य्क्ता छ। आफ्नो मिल्ने पारिश्रमिक समाज सेवा मा दिने घोषणा ले उहा सग जिल्ला र समाज को लागि केही गर्ने प्रबल बिचार र अठोट भएको हुनु पर्छ। यदि यो समय मा राम बि सि लाई जिताय उहाँको पार्टी भित्र पनि एउटा मजबुत स्थान मिल्नेछ ।
बिगत को पराजय ले पनि उहा लाई जनता पर्ति निष्ठा र ईमानदार पुर्ण काम गर्ने प्रेरणा मिल्नेछ । टोपबहादुर रायमाझी लाई जितको अहमता चढेको छ।
हरेक कुरा बैचारिक रुपले सोचौ भावानात्मक बहकिने भन्दा यथार्थ तिर बढौ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w