Daily Archives: 26/11/2017

बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती: प्रचण्ड


प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो


१० मंसिर, काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्