संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रमका सहयोगीहरु सम्मानित


हाम्रो संचार संवाददाता

कुवेत, नोभेम्बर २५- दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतद्धारा गत नोभेम्बर १० तारिख आयोजित संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा सहयोग पुर्याउने सहयोगीहरुलाई आयोजकले सम्मान गरेको छ | संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रम कुवेतको जिलिप स्थित नटिङघम ब्रिटिस स्कुलमा सम्पन्न भएको थियो |

हिजो शुक्रबार जिलिप स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गरी सांगीतिक धमाका सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगी, प्रचारप्रसार गरी सहयोग गर्ने मिडियाहरु, प्रमुख प्रायोजक, सहप्रायोजक, कलाकार, संस्थामा आवद्द क्रियाशील सदस्यहरु तथा बिशेष व्यक्तिलाई सम्मान गरेको हो | आयोजकले कलाकार एबम आफ्ना सहयोगीहरुलाई मायाको चिनो, प्रमाणपत्र र सम्मान पत्र सहित खादा ओडाएर सम्मान गरेको थियो ।

दलित एकता संजाल नेपाल, कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरू यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरे कुवेत आएका थिए |

दलित एकता संजालका सचिव राजन बाबु परियार द्धारा संचालित कार्यक्रममा संजाल मिडिया प्रमुख प्रदिप नेपालीले उपस्थितलाई मन्तब्य द्धारा स्वागत गरेका थिए |

सम्मान कार्यक्रममा दलित एकता संजाल नेपाल, कुवेतका अध्यक्ष रमेश नेपाली, विश्वकर्मा समाज कुवेतका अध्यक्ष जीवन सुनार, संरक्षक शिव घमाल, संजाल सल्लाहकार तथा विश्वकर्मा समाजका उपाध्यक्ष हितकाजी चन्दरा, काठमाडौं एयर कार्गो संचालक बसन्त पुन मगर, अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष बीबी मल्ल ठकुरी, सगरमाथा परोपकारी समाजका अध्यक्ष बसन्त थापा, जन सम्पर्क समिति कुवेतका सल्लाहकार राजेन्द्र बिरही अतिथि रहेका थिए |

आयोजकले गत नोभेम्बर १० तारिखमा सम्पन्न कार्यक्रमको समीक्षा भने यस अघि नै गरेको छ | कार्यक्रममा सामान्य केहि कमजोरी देखिएपनि भब्य र सब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ |

सम्मान कार्यक्रममा संजाल अध्यक्ष रमेश नेपाली, समाजका अध्यक्ष जीवन सुनार, संरक्षक शिव घमाल, अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष बीबी मल्ल ठकुरी, सगरमाथा परोपकारी समाजका अध्यक्ष बसन्त थापा, जन सम्पर्क समिति कुवेतका सल्लाहकार राजेन्द्र बिरहीले मन्तब्य राखेका थिए |

आयोजकले कार्यक्रम सफल बनाउन भरपुर सहयोग गर्ने सम्पूर्णमा पुन धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग रहेनेमा आशा व्यक्त गरेको छ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )