अस्पताल ल्याउनु तीन घन्टा अघि नै प्रकाश दाहाललाई ‘आकस्मिक हृदयाघात’


३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जाँच गरिएको थियो ।

अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ । चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।

घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् ।

लगतै उनलाई सन्तु दराई (परवाना) लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएका थिए ।

प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.