लम्जुंग सेवा समाज कुवेत को वार्षिक उत्सब तथा अधिबेशन सम्पन्न अध्यक्षमा कमल थापा


कुबेत नेपालडटकम

१८ नोभेम्बर, २०१७ कुवेत ।” हाम्रो लम्जुंग हाम्रो गौरव” भन्ने मुल नाराको साथ लम्जुंग सेवा समाज कुवेत को आफ्नो आफ्नो चौथो वार्षिक उत्सब तथा अधिबेशन कार्यक्रम कुबेत को कुबेत को मेशिला बिच सम्पन्न गरेको छ । भने अध्यक्ष्य मा कमल थापा सर्बसम्मत चयन हुनुभएको छ। 

उक्त कार्यक्रममा प्रमुख अतिथीको आसन ग्रहण गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष श्री बि. बि. मल्ल ठकुरी ज्यूले लम्जुंग जिल्ला संगै आफ्नो सांगीतिक सम्वन्ध रहेको र लम्जुंग सेवा समाज नेपाल कुवेत संग आउने दिनहरुमा आफुले प्रतिनिधित्वो गर्दै आएको अन्तर्राष्ट्रिय कलाकार मञ्चले समन्वय गरि आफ्नो भाषा, धर्म र संस्कार संस्कृतिलाइ जगेर्ना गर्न अझै मद्दत पुर्याउने उहाँले बताउनु भयो

मिसिल्लाह विच स्थित समुन्द्री तटमा लम्जुंग समाज नेपाल कुवेतको सम्पन्न भएको कार्यक्रममा लम्जुंग सेवा समाज नेपाल कुवेतको संरक्षक तथा सस्थापक श्री हरि बहादुर गुरुङ, कमल बहादुर थापा, बिष्णु बिस्ट , मिलन श्रेष्ठ ज्यूहरु सल्लाकार मोहन गुरुङ, सुक मति बि. क. लगायतका ब्यक्तित्वहरुबाट संयुक्त रुपमा कलसमा दिप प्रज्ज्वल गरी कार्यक्रमको उद्घाटन गरेका गर्नु भएको थियो ।श्री कमल बहादुर थापा अध्यक्ष र जगनाथ अधिकारी महासचिबमा सर्बसम्मत चयन गर्दै थप दुई सालको लागि नयाँ कार्यसमिती समेत चयन गरेका छ्न ।उक्त कार्यक्रममा लम्जुंग सेवा समाज नेपाल कुवेतका कलाकारहरुले विविध मनोरन्जनात्मक सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै दित्तीय उपअध्यक्ष सपना थापा मगरले पछिल्लो समय भाषा, धर्म र संस्कारसंस्कृति संकटमा पर्दै गएको भन्दै गुरुङ,मगर समुदायको बाहुल्यता रहेको लम्जुंग जिल्लामा आफ्नो भाषा, धर्म र संस्कार संस्कृति हामी जहाँ रहे पनि जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो आन्तरिक रुपमा गरेका चौंथो वार्षिक उत्सब तथा दोश्रो अधिबेशनमा कुवेतमा रहेका लम्जुंगे दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । कार्यक्रम निबर्तमान अध्यक्ष हरि बहादुर गुरुङ अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन निबर्तमान महासचिब सुबोध अधिकारीले सन्चालन गरेका थिए ।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत लम्जुंगे दाजु भाई दिदी बहिनी हरु आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था लम्जुंग समाज कुवेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )