नयाँ कार्यसमिति चयन गर्दै तामाङ घेदुङ कुवेतको वार्षिकोत्सब तथा अधिबेशन सम्पन्न


युग लामा/कुवेत

१८ नोभेम्बर, कुवेत । ” ह्याङ्लान ह्रिमठीम ह्याङ्लान ग्योई, ह्याङ्सेन तोरतोर छार्नालाई” भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशन कार्यक्रम हिजो नोभेम्बर १७ तारिक शुक्रबारका दिन फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा नेपाल तामाङ घेदुङको केस राम लामा, तामाङ घेदुङ कुवेतको संरक्षक राजेन्द्र तामाङ, सल्लाकार आशबहादुर लोप्चन, निर्मल स्याङ्तान लगायतका ब्यक्तित्वहरुबाट संयुक्त रुपमा कलसमा दिप प्रज्ज्वल गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सुरेश ग्याबालाई अध्यक्ष र कृष्ण सिङ्तानलाई महासचिबमा सर्बसम्मत चयन गर्दै थप दुई सालको लागि नयाँ कार्यसमिती समेत चयन गरेका छ्न । उक्त कार्यक्रममा तामाङ सास्कृतिक घेदुङका कलाकारहरुले विविध मनोरन्जनात्मक सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

आन्तरिक रुपमा गरेका सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशनमा कुवेतमा रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । कार्यक्रम निबर्तमान अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सन्चालन निबर्तमान महसचिब सुरेश ग्याबाले सन्चालन गरेका थिए ।
नेपाल तामाङ घेदुङ कुवेतको दुई छुट्टा छुट्टै सहयोग

नेपाल तामाङ घेदुङ कुवेतको स्थापनाको सातौ वार्षिक उत्सब तथा दोश्रो अधिबेशन कार्यक्रममा उपस्थित हुनु भएका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले नेपाल तामाङ घेदुङ, कास्की जिल्लामा निर्मित कास्की जिल्ला घेदुङको निर्माणधीन भबनलाई कुवेती दिनार ११५ केडी अर्थात लगभग ४० हजार रुपैयाँ सहयोग पनि संकलन भएको निबर्तमान घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङले जनाएका छ्न ।
यसै गरी उक्त कार्यक्रम्मा कृति गोलेको सकृयातामा सिन्धुपाल्चोक जिल्लाको निरोज नेपाली जो पछाडि ढाडमा ऐजेरु पालएर हिडडुल तथा सुत्न समेत नसक्ने भएको र आर्थिक अभाबका कारण उपचार गर्न नसकी रहेको उक्त बिरामीलाई पनि लगभग ७० केडी कुवेती दिनार अर्थात लगभग २६ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग पनि गरेका छ्न । सहयोगी हातहरुलाई अभियानत कृति गोलेले हार्दिक आभारी समेत प्रकट गरेका छ्न ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )