Daily Archives: 16/11/2017

होचा कलाकार दीपेन शाहको निधन


कार्तिक ३०, २०७४-हास्य कलाकार दीपेन शाहको निधन भएको छ । ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए । उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । उनले सारथी, छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा अभिनय गरेका छन् । उनी कक्षा १० मा अध्ययनरत थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सात पटक प्रधानमन्त्री हुन्छु : देउवा


शिबराज भट्टध

नगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यातिषले आफूलाई सात पटक प्रधानन्त्री हुन्छस् भनेर भनेकाले अझै तीन पटक प्रधानमन्त्री हुने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि बुधबार धनगढी आएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो


कृष्ण ढुंगाना
काठमाडौं—वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्