मैदानलाई चुम्दै अनिलले लिए विश्राम


अनलाइनखबर

२८ कात्तिक, काठमाडौं । सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनिल गुरुङ एकाएक भावुक भए ।

१० वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम पलमा रहेका उनी मैदानभित्रै टिममेटबाट घेरिए । नेपाली टोलीका गोलरक्षक बिकेश कुथुले त काँधमा राखेर मैदान परिक्रमा गराउँदाको क्षण साँच्चिकै अभूतपूर्व थियो, जुन ३१ वर्षे स्ट्राइकर अनिल गुरुङका लागि जीवनभरको सम्झना हुनेछ ।

त्यसलगत्तै सेन्टरमा पुगेर उनले सम्मानपूर्वक मैदानमा ढोगे । ‘मेरो जीवन यही प्वाइन्टबाट सुरुभयो, सेन्ट्रल लाइन, आज मैले यो प्वाइन्ट र मैदानलाई यति श्रद्धा गर्छु कि यसले मलाई सबथोक दियो, नाम, दाम र सबैकुरा ।’

अनिलले राष्ट्रिय टिम आफूले सधैं मिस गर्ने बताए । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे ।

अनिलको विश्रम घोषणा यसअर्थमा भव्य बन्यो कि उनले अन्तर्राष्ट्रिय खेल खेल्दै विदा लिने मौका पाए । अन्तराष्ट्रिय खेल लगतै अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना खेलाडीलाई बिदाई गरेको यो पहिलो पटक हो ।

‘मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु, अहिले खुसी र दुखी दुवै छु’ भावुक अनिलले भने ।मैदानलाई चुम्दै अनिलले लिए विश्राम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )