नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु, टस जितेर नेपाल फिल्डिङ गर्दै


२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु भएको छ । वर्ष रोकिएपछि खेल सुरु भएको हो । नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल करीव पाँच घण्टा ढिला गरी केहिबेर अघिदेखि सुरु भएको हो । खेल २४ ओभरको हुनेछ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

यसैगरी समूह ए कै भारत र बंगलादेशबीचकाे खेल पनि ३२ अोभरमा झारिएको छ । भारत र बंगलादेशबीचको खेल सुरू भएपछि वर्षाले रोकिएको थियो ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )