Daily Archives: 14/11/2017

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी


काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको थियो। नेपालका लागि दीपेन्द्र ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु, टस जितेर नेपाल फिल्डिङ गर्दै


२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ढिला गरी सुरु भएको छ । वर्ष रोकिएपछि खेल सुरु भएको हो । नेपाली समय अनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल करीव पाँच घण्टा ढिला गरी केहिबेर अघिदेखि सुरु भएको हो । खेल २४ ओभरको हुनेछ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एमाले नेता शेरधन राईको गाडीमा बम प्रहार, सुरक्षागार्ड घाइते


विद्या राई, भोजपुर
कार्तिक २८, २०७४-भोजपुरमा मंगलबार बिहान एमाले नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईको गाडीमा बम प्रहार भएको छ ।चुनावी सभामा जाँदै गर्दा ट्याम्के मैयुङ गाउँपालिका– ६ स्थित गुम्बामा बिहान १० बजे अपरिचित समूहले बम हानेको राईका सञ्चार संयोजक ध्रुव सुवेदीले जानकारी दिए । बमको छर्रा लागेर निजी सुरक्षागार्ड डिल्ली देवकोटा घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्