सुरक्षा निकायलाई आयोगको निर्देशन : ‘उच्च सतर्कता अपनाउनुस्’


सुवास गोतामे
काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उठेका उम्मेदवारमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि निर्वाचन आयोगले सुरक्षा निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आइतबार आयोगमा बैठक डाकेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा मजबुत पार्न निर्देशन दिएका हुन्।
रक्षासचिव विनोद केसी, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलाई आयोगमा डाकेर यादवले चुनाव नजिकिँदै जाँदा चुनाव भाँड्ने तत्वहरू झन् सक्रिय हुने भएकाले सुरक्षा चुस्त पार्न निर्देशन दिएका हुन्। यादवले माओवादी केन्द्रका उम्मेदवारमाथि लगातार भइरहेको आक्रमण प्रयासलाई ख्यालठट्टा नसम्झन सुरक्षा प्रमुखलाई सुझाएका थिए।
उनले चुनावविरोधी तत्वहरू धर्ना र जुलुसभन्दा पनि बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुड’ मा जान खोजेको भन्दै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा बस्न निर्देशन दिए। ‘मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो। उच्च सतर्कतासाथ सुरक्षाकर्मी परिचालनमा जोड दिनुस्,’ यादवको निर्देशन उद्धृत गर्दै आयोग प्रवक्ता नवराज ढकालले अन्नपूर्णसँग भने, ‘घटना हुँदै नहुने होइन। आकलन गरिएभन्दा धेरै हुने सम्भावना छ। चारवटै सुरक्षा निकायले सुझबुझसँग सुरक्षा दिनुहोस्।’

‘चुनावविरोधी तत्वहरू बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुड’ मा जान खोजेको देखिन्छ, तम्तयारी अवस्थामा बस्नुस्।’ अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त
रक्षासचिव केसीले सेनाको गस्ती खटिइसकेको जानकारी दिँदै आपराधिक क्रियाकलाप गर्ने तत्वमाथि प्रहरीको दायित्व बढ्नेतर्फ संकेत गरेका थिए। बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखलाई अन्य सुरक्षा निकायको समन्वयमा चुनाव भाँड्ने तत्वको निगरानी र धरपकडका लागि क्रियाशील रहन निर्देशन दिएको जानकारी यादवलाई गराएका थिए। गृहसचिव सापकोटाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षामा कुनै सम्झौता नगर्न सुझाएको जानकारी गराएका थिए।
खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायत उम्मेदवारका अंगरक्षक र अन्य सुरक्षाकर्मीलाई चनाखो रहन सुझाउने विषयमा समेत छलफल भएको थियो। तीन-तीनवटा भौतिक आक्रमण प्रयासका घटना हुँदा त्यसमा संलग्न अभियुक्त पक्राउ नगर्दा सर्वसाधारणमा त्रास बढ्नेतर्फ समेत बैठक केन्द्रित बनेको थियो।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )