नेपालमा चिनियाँ रेल : सम्भाव्यता अध्ययन सुरु


चन्द्रशेखर अधिकारी
कार्तिक २२, २०७४-चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा रेलको सम्भावना’bout फेरि अध्ययन थालेको छ । केही रेलवे कम्पनीका अधिकारी र प्राविधिकसहित आएको टोलीले दुईपक्षीय प्राविधिक वार्ता र प्रस्तुतिसँगै स्थलगत अध्ययन गरिरहेको छ । पाँच दिने भ्रमणमा आएको उक्त टोली थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर चीन फर्कनेछ ।

चिनियाँ राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियन नेतृत्व टोलीले नेपालमा चीनबाट ल्याउने भनिएको रेल’bout अध्ययन थालेको हो । टोलीले केरुङसम्म चीनले ल्याउने रेललाई काठमाडौं र पोखरा पुर्‍याउँदै लुम्बिनी जोड्ने विषयमा अध्ययन थालेको हो । सोमबार यस’bout नेपाली पक्षसमक्ष प्रस्तुति दिएको टोली मंगलबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी पुगेको थियो । स्याफ्रुबेंसीबाट मंगलबारै साँझ काठमाडौं फर्केको टोली बुधबार पोखरा र बिहीबार लुम्बिनी जानेछ ।

टोलीमा रेलमार्गमा लगानी गर्ने व्यवसायी पनि छन् । पाँच भिन्न कम्पनीका प्राविधिक र व्यवसायीसहित टोलीमा १६ जना छन् । टोलीमा चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्यायले कान्तिपुरलाई बताए । ‘हामीले हाम्रो अवस्था र अहिलेसम्मको अध्ययन’bout बतायौं । उनीहरूले पनि लगानी गर्न सक्ने’bout जानकारी दिँदै आफ्नो प्रविधिको ’boutमा जानकारी दिए,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा रेल विभागले प्रस्तुत गरेको प्रतिवेदनका अधारमा नै चिनियाँ पक्षले अध्ययन थालेको रेल विभागका अधिकारीले बताए । ‘हाम्रा इन्जिनियरलाई चीनले प्रशिक्षण दिने भएको छ । यसबाट पनि चिनियाँहरू नेपालमा रेल जोड्न चाहन्छन् भन्ने देखिन्छ,’ उपाध्यायले भने, ‘रेलको दुई देशीय मात्र होइन, आन्तरिक तथा मेट्रोरेल मोडल’bout पनि छलफल भएको छ ।’ नेपालमा केही स्थानमा रेलमार्ग बनिरहेको छ । केही दिगो परियोजनाका लागि विस्तृत अध्ययन भइरहेका छन् । तर रेल नै हेर्ने विशेष प्राविधिक छैनन् । यस्तो अवस्थामा चीनले नेपालका इन्जिनियरलाई रेल इन्जिनियर बनाउन सहयोग गर्ने बताएको छ ।

सरकारले यसअघि नै काठमाडौं र पोखरालाई रेलमार्गले जोड्न खोजेकाले पनि यो प्रक्रियामा चिनियाँ पक्षलाई सहज हुनेछ । नेपालले प्रस्तुत गरेको योजनामा काठमाडौं–केरुङभन्दा पनि काठमाडौं–पोखरा रेलमार्गको विवरण रहेको छ । तर चीनले सबै पक्षलाई उत्तिकै ध्यान दिँदै केरुङलाई लुम्बिनीसम्म जोड्न जोड दिएको टोलीका एक सहभागीले बताए । चिनियाँ चासो काठमाडौंमा बनाउने भनिएको मोनोरेल तथा मेट्रो रेलमा पनि छ । चीनको ल्हासाबाट सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० मा केरुङ आइपुग्ने भएपछि त्यहाँबाट नेपाल जोड्न खोजिएको हो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w