कलाकारहरु यस कुमार, मुनाथापा र प्रेमकुमार भोली कुवेत आइपुग्ने, स्वागतका लागी उपस्थित हुन अनुरोध


कुबेत नेपालडटकम

नोभेम्बर, ७ कुवेत । आगमी नोभेम्बर १० मा आयोजना हुने कार्यक्रमको लागी नायक तथा चर्चित गायक यस कुमार, चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र प्रेमकुमार गैरे भोली कुवेत आइपुग्ने भएका छन् | आयोजकका अनुसार कलाकारहरु भोली (बुधबार साँझ) बेलुका स्थानीय समय अनुसार ७.३० बजे कुवेत आइपुग्ने छन् ।

कलाकारहरु दलित एकता संजाल र बिश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा सहभागी हुन कुवेत आउने भएका हुन् | अतिथि कलाकारहरुको स्वागतको लागी पत्रकार, खेलाडी, कलाकार, समाजसेवी, बुद्दिजिवी, सम्पूर्ण संघसंस्थाका ब्यतित्वहरु तथा कुवेतवासी नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थिति भई दिनुहुन आयोजक दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतले अनुरोध गरेको छ |

चर्चित गायक यस कुमार, चर्चित लोक गायिका मुना थापा मगर र प्रेम कुमार गैरेले कुवेतमा सांगितिक धमाका मच्चाउने छन् । कार्यक्रम अत्यन्तै सुबिधा सम्पन्न हल जिलिपको नटिङघम ब्रिटिस स्कुलमा हुने र सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक बिष्णु परियारले जानकारी दिएका छन् ।

सांगीतिक कार्यक्रममा आउने दर्शकलाई सहजताको लागी आयोजकले कुवेतका बिभिन्न स्थानमा रहेका नेपाली होटलमा टिकट उपलब्ध गराएको छ । आयोजकले आफुलाई पायक पर्ने होटल वा स्थानमा गएर गएर टिकट लीइ आफ्नो सिट सुरक्षित राख्न फेरी पनि अनुरोध गरेको छ । कुवेतमा कार्यरत सामान्य मजदुरले समेत कार्यक्रममा आएर मनोरन्जन लिन पाउन भनेर टिकट दर पनि सस्तो राखिएको आयोजकले बताएको छ । टिकटको मुल्य २ केडी मात्र तोकिएको छ । आयोजकले कार्यक्रम स्थलमै पनि टिकटको व्यवस्था मिलाइएको छ |

कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न स्थानिय पुलिस प्रशासनसंग समन्वय गरी स्कुलले सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । स्कुलले ३ जना सुरक्षागार्डको आफै व्यवस्था गरिदिएको छ । कार्यक्रम हल वा ’round मध्यपान, धुम्रपान गर्न पाइने छैन भने मध्यपान सेवन गर्नेलाई हलभित्र प्रबेशमा समेत रोक लगाउने आयोजकले जानकारी गराएको छ ।

सांगीतिक कार्यक्रममा अतिथि कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कार्यक्रममा कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवीहरुलाई पत्र पठाइ सकिएको र बिबिध कारण बस पठाइएको निमन्त्रणा पत्र आइ नपुगेको खण्डमा यसै समाचारलाई आधिकारिक मानी कार्यक्रममा उपस्थित भईदिन हुन दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपाली र विश्वकर्मा समाज कुवेतका अध्यक्ष जीवन सुनारले अनुरोध गरेका छन् । साथै कुवेतमा कृयाशिल संघसंस्थाका प्रतिनिधी, बुद्दीजिवी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकार हरेक संघसंस्थाका, सस्थापक, भुतपुर्ब अध्यक्षहरु तथा बिशेष व्यक्तित्वहरुको पहिचान गर्न नसकिएको भए पनि सहभागिता जनाउन यसै समाचार मार्फत अध्यक्षद्वयले अनुरोध गरेका छन् |

थप जानकारी:
कार्यक्रम आयोजना हुने –
मिति:- नोभेम्बर १० तारिख शुक्रबार
स्थान:- नटिङ ब्रिटिस स्कुल, जिलिप (जिलिपको गल्फ मार्केट अगाडी, ब्रिज नजिककै स्कुल अर्थात् जिलिप अल सुवैख ब्लक १, स्ट्रेट १००, ६ रिंगरोड जिलिप पार्कको सामुन्ने)
समय:- दिनको ठिक १ बजे
टिकट पाइने स्थान र सम्पर्क नम्बर-
सम्पर्क- कार्यक्रम संयोजक- बिष्णु परियार- ६५८३१०८७
चौतारी नेपाली रेस्टुरेन्ट, मालिया

नेपाली फेमिली भान्छा घर, फाहिल- ५५३७३१५२, ६५८५६१५५

हिमालय नेपाली रेस्टुरेन्ट, जिलिब, २४३४१३५५

हाम्रो सैलुङ्गे नेपाली रेस्टुरेन्ट, फर्वानिया-

जहारा एरिया, रमेश नेपाली- ६९९१४३१५

हावाली एरिया, गम बहादुर सुनार- ५५३०२९९०

शुवैख एरिया, प्रदिप नेपाली- ६६३२५३४५

मंगाफ, महाबुल्ला, जीवन सुनार- ५५१४२३१२, माया बिक ९८०५१७३३

फर्वानिया एरिया, पुर्ण सिंह सिके- ५५९८५४९५

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )