एनआरएनए कुवेतको सहयोगमा मृतकको शव नेपाल पुग्यो, ५१ हजार रुपैयाँ काजक्रिया खर्च सहयोग


कोशराज राई/कुबेत
नोभेम्बर ७, कुवेत । कुवेतको फर्वानिया अस्पतालमा उपचारको क्रममा निधन भएकी शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहा मुर्मुको शव गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पहलमा आज नेपाल पुगेको छ ।

परिषदका महिला प्रतिनिधी सुस्मिता लिम्बूले मृतक मुर्मुको शव नेपाल पठाउन ३ सय ५० केडी (करिब १ लाख २० हजार रुपैयाँ) नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनलाई गत आईतबार हस्तान्तरण गरेकी थिईन्। मृतक मुर्मुको गत शुक्रबार निधन भएको थियो ।

मृतक मुर्मुको शव उनको छोरा रुबिलाल मुर्मुले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुझेको जानकारी दिएका छन् ।करिब एक महिना अगाडी अशक्त हालतमा दूतावास पुगेकी मृतक बहा मुर्मुलाई दूतावासले सेल्टरमा पठाएपछी उपचारको लागी फर्वानिया अस्पताल पुर्याई उपचाररत रहेकी थिईन् ।

करिब ४ वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत आएकी बहा मुर्मु गैर कानूनी रुपमा वसोवास गरीरहेकी र परिवारबाट समेत सम्पर्क बिहिन थिईन् । खाना पटक्कै नखाने र शरीर सुकेको थियो ।

५१ हजार रुपैयाँ काजक्रिया खर्च पनि आजै गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले अभियानबाट उठेको रकमबाट बहा मुर्मुको शव पठाएर बचेको रकममा आफ्नो राहतकोषबाट थप गरी ५१ हजार रुपैयाँ पनि काजक्रिया खर्चको लागी आजै आजै मृतकका छोरा रुबिलाल मुर्मुको नाममा पठाएको छ ।

पहिले गोरो मान्छे चिन्नै नसकिने गरी कालो भएकी र अशक्त अवस्थाकी मुर्मुको सकुशल नेपाल फिर्तिको लागी गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले महिला संयोजक सुस्मिता लिम्बूको संयोजकत्वमा लाग्ने सम्पूर्ण खर्चको लागी अभियान संचालन गरी पहल गरिरहेको थियो । अभियान संचालन गरेको भएपनि मुर्मुको बिचमै निधन भएको कारण अभियानलाई रोक्ने निर्णय गर्दै र उठेको रकम उनको शव नेपाल पठाउन र काजक्रियाको लागी सहयोग गर्ने निर्णय बमोजिम उक्त सहयोग पठाएको हो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )