कुवेतमा झापाकी २९ वर्षिया बहामुर्मुको उपचारको क्रममा निधन


कोशराज राई/कुवेत
नोभेम्बर ३, कुवेत/ कुवेतको फर्वानिया अस्पतालमा उपचाररत शिव सताक्षी नगरपालिका झापाकी २९ वर्षिया बहामुर्मुको उपचारको क्रममा आज विहानको करिब १२ बजे तिर निधन भएको छ । एक महिना अगाडी अशक्त हालतमा दूतावासपुगेकी बहा मुर्मुलाई दूतावासले सेल्टरमा पठाएपछी उपचारको लागी फर्वानिया अस्पताल पुर्याई उपचाररत थिईन् । उनकोहृदयघातका कारण निधन भएको अस्पतालबाट जानकारी प्राप्त भएको दूतावासका कर्मचारी सेराज अहमदले परदेशी जानकारी गराउनु भएको छ ।

उनको ’boutमा “कुवेत पुगेकी मुर्मुसित घरको फोन नम्बर छैन, शरीर सुकेर कालो भईसक्यो” शिर्षकमा उज्यालो अनलाईन रपरदेशी खबर अनलाईनबाट बिस्तृत लेख प्रकाशित भएपछी आफन्तहरुसंग सम्पर्कमा आएकी थिईन् । करिब ४ वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत आएकी बहा मुर्मु गैर कानूनी रुपमा वसोवास गरीरहेकी थिईन् । खाना पटक्कैनखाने भएका शरीर सुकेको थियो । पहिले गोरो मान्छे कालो भएकी मुर्मुको नेपाल फिर्तिको लागी लाग्ने खर्चको लागी गैरआवासिय नेपाली संघ (एनआरएनए) कुवेतले अभियान संचालन गरी पहल गरिरहेको थियो ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतकी महिला प्रतिनिधी तथा अभियानकी संयोजक सुस्मिता लिम्बूले मु्र्मुको निधनकोखबरले आफू मर्माहित भएको बताएकी छिन् । मृतात्मा प्रति हार्दिक श्रद्दाञ्जलि अर्पण गर्दै, शोक सन्तप्त परिवारमा समवेदना व्यक्तगरेकी छिन् ।संयोजक लिम्बूले बहा मुर्मुलाई सकुशल नेपाल फर्काउन अभियान संचालन गरेको भएपनि बिचमै निधन भएको कारणअभियानलाई रोक्ने निर्णय गरेको र उठेको रकम उनको शव नेपाल पठाउन र काजक्रियाको लागी सहयोग गर्ने जानकारी दिएकीछिन् ।

मुर्मुको फर्वानिया अस्पतालमा निधन भएको भएपनि उनको शब पोष्टमार्टम तथा आवश्यक प्रकृयाको लागी आजै जाहाराअस्पताल पुर्याईएको छ । चाँडै नै आवश्यक प्रकृया पुरा गरी उनको शव केही दिन भित्र नै नेपाल पठाईने नेपाली राजदूतावासकुवेतका सहचारी मनोज सिंहले जानकारी दिनु भएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w