Monthly Archives: नोभेम्बर 2017

चित्र

नेपाली दूतावास कुवेत नोभेम्बर ३० तारिख बन्द रहने


Advertisements

एम्बुसमा परी कांग्रेस उम्मेदवार कार्कीसहित ४ जना गम्भीर घाइते


•हेलिकप्टरबाट राजधानी लैजाने तयारी •सडकमुनी विष्फोट हुँदा गाडी १० मिटर माथि उफ्रियो
– डिल्लीराम खतिवडा, उदयपुर
मंसिर १३, २०७४-निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा परेको छ । सडकमुनी राखिएको बम विष्फोट विष्फोट हुँदा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् । चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर घटना भएको हो । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन टोली आउँदै थियो । पढ्नेक्रम जारी राख्नुहोस्

जनकपुर–जयनगर रेलमार्ग अन्तिम चरणमा


सन्तोष न्यौपाने
काठमाडौं – निर्माणाधीन जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । ३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ काे मृत्यु


१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हुम्लामा तारा एयरको ट्वीनअटर विमान दुर्घटना


जनक नेपाल, सुर्खेत
मंसिर १२, २०७४-हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नको लागि रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर भएर रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाजको नोज कुच्चिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै मौन धारणा मा अनुशासन भंग. मेरो कुनै पार्टी सग सम्बन्ध पनि छैन र नेता सग ब्यक्तिगत चिन्जानी पनि छोइन जे


बिष्णु थापा – डा. राम ब. बि.सि.VS टोपबहादुर रायमाझी नेपाल को राजनीतिमा नयाँ, बैकल्पिक, उर्जाबान शशक्त र नयाँ सोच बिचार युक्त पार्टी को नितान्त आबस्यकता हो। पढ्नेक्रम जारी राख्नुहोस्

बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती: प्रचण्ड


प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
१० मंसिर, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पढ्नेक्रम जारी राख्नुहोस्

दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो


१० मंसिर, काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्