Monthly Archives: अक्टोबर 2017

आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै


९ कात्तिक, काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

इलायट इन्टरटेन्मेन्ट युके नेपालद्वारा “नेपाली साँझ-३” मा सम्पूर्ण UK बासी नेपालीहरु मा चुले निम्तो।


कुबेत नेपालडटकम

“इलायट इन्टरटेन्मेन्ट युके नेपालको” को आयोजकत्वमा नेपालका बहुचर्चित रास्ट्रिय कलाकार हालै सम्पन्न भएको नेपाल आईडलका तर्फबाट चर्चित गायक कलाकार सुरज थापा , केन्जल मेहर श्रेष्ठ र चर्चित लोक गायक पवन रानामगर,चर्चित गायिका तृष्णा गुरूड़्गका साधै चर्चित हास्य कलाकार जीतु नेपाल (मुन्द्रे) को बेजोड प्रस्तुती रहनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

लापरवाही आरोपमा दुर्व्यवहार बढेपछि कार्यशैली बदल्दै चिकित्सकहरु


शल्यक्रियाअघि सबैखाले परीक्षणका लागि बिरामीलाई बाध्य बनाइँदै
८ कात्तिक, काठमाडौं । अस्पतालमा हुने बिरामीको मृत्युलाई लिएर आफन्तजनले गर्ने हातपात नरोकिएपछि चिकित्सकहरुले कार्यशैली बदलेका छन् । शल्यक्रियाअघि सबैखाले परीक्षणमा बिरामीलाई पठाउनेदेखि एनेस्थेसिया चिकित्सकलाई भेटेरै परामर्श लिन सुझाउन थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सी माओपछिकै शक्तिशाली


-चीन सी चिनफिङवाद (चिनियाँ विशेषतासहितको समाजवाद) को युगमा
-अब कम्युनिस्ट पार्टीका करिब ९ करोड सदस्यले अनिवार्य रूपमा ‘सी चिनफिङवाद’ पढ्ने
– चेतनाथ आचार्य, बेइजिङ
कार्तिक ८, २०७४-चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङको नाम र विचारधारालाई आफ्नो विधानमा ‘माओवाद’ सरह स्थान दिएको छ । बेइजिङमा जारी पार्टी महाधिवेशनको अन्तिम सत्रले उनको ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’लाई ‘सी चिनफिङवाद’का रूपमा विधानमै ग्रहण गर्ने सर्वसम्मत निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए कुवेतले अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन अभियान सन्चालन गर्ने


कोशराज राई,कुबेत

अक्टोबर २४, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले कुवेत स्थित फर्वानिया अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन नेपाली राजदूतावास कुवेत समेतको सहयोगमा अभियान सन्चालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु


पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कार्यालयभरि पोकैपोका


गोविन्द लुइँटेल
काठमाडौं : सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अढाई वर्षमा ४ सीईओ, ९२% पीडित टहरामै


कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भुसाल नयाँ सीईओ
गोकर्ण अवस्थी, काठमाडौं
कार्तिक ७, २०७४-महाभूकम्पको ३० महिना बित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतीकरणका कारण पुनर्निर्माण प्राधिकरणमा चारपल्ट सीईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ बनेका छन्– पूर्वसचिव युवराज भुसाल । पढ्नेक्रम जारी राख्नुहोस्