माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोर चलान


१२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने
१४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । मंगलबार विहान ललितपुरको  तदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो ।

अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।

जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए । ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसयता उनी प्रहरी प्रशासनको नजरमा लुकिछिपी रहे पनि कसैले पक्राउ गर्न सकेको थिएन ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )