Daily Archives: 29/10/2017

बूढीगण्डकी आयोजनामा ढिलाइको असर : निर्वाचनको मौकामा आरुघाटवासी आन्दोलित


शिव उप्रेती
गोरखा : पाकेको धानबाली र कोदो भित्र्याउन बिर्सने गरी निर्वाचनले छोएको छ । ‘हेभिवेट’ नेता प्रतिस्पर्धी बनेको विषयले देशकै ध्यान गोरखाले तानेको छ । गोरखाकै व्यापारिक केन्द्र आरुघाट र आसपासका बासिन्दालाई भने बूढीगण्डकीको पीडाले सताएको छ । बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्र पर्ने भएकाले आरुघाट बजार, धावा, तान्द्राङ, बोर्लाङ, नाम्जुङ, फुजेल, धादिङको विशालनगर, खहरेलगायत क्षेत्रमा दुई वर्षयता घरजग्गा किनबेच र बैंकमा धितो रोक्का छ । विकास निर्माणको काम पनि यस क्षेत्रमा ठप्प छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चालकको लापरबाहीले त्रिशूलीमा खस्यो बस, कम्तीमा ३१ को मृत्यु


केही यात्रु नदीमा बेपत्ता । घाइते भन्छन्– ‘चालकले रक्सी पिएका थिए ।’
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त । गृह मन्त्रालयद्वारा छानबिन समिति गठन ।
– हरिहरसिंह राठौर, घाटबेसी (धादिङ)
कार्तिक १२, २०७४-सप्तरीबाट काठमाडौं आइरहेको तीव्र गतिको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा शनिबार बिहान त्रिशूली नदीमा खसेर कम्तीमा ३१ यात्रुको मृत्यु भएको छ । नदीमा बेपत्ता यात्रुको संख्या साँझ अबेरसम्म पनि यकिन हुन सकेको छैन । सहचालकको मृत्यु भएको छ भने लापरबाही गर्ने चालक सन्तोष चौधरी फरार छन् । पढ्नेक्रम जारी राख्नुहोस्