एनआरएनए कुवेतले अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन अभियान सन्चालन गर्ने


कोशराज राई,कुबेत

अक्टोबर २४, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले कुवेत स्थित फर्वानिया अस्पतालमा उपचाररत बहा मुर्मुलाई स्वदेश फर्काउन नेपाली राजदूतावास कुवेत समेतको सहयोगमा अभियान सन्चालन गर्ने भएको छ । परिषदले अनलाईन बैठकबाट नै उक्त निर्णय गरेको र अभियानको संयोजकमा परिषदकै महिला प्रतिनिधि सुस्मिता लिम्बुलाई जिम्मेवारी दिइएको महासचिव हरी लावतीले जानकारी गराएका छन् ।

चार वर्ष अगाडी कुवेत आएकी शिवसताक्षी नगरपालिका झापाकी २९ बर्षिया बहा मुर्मु अक्टोबर १ मा नेपाली राजदूतावासमा बिरामी अवस्थामा पुगेकी र अक्टोबर २ मा दूतावासले उपचारको लागी अस्पताल पुर्याएको र डाक्टरले ब्लड प्रेसर लो र शारीरिक कमजोरी रहेको बताएर सामान्य औषधि दिएर दूतावास फर्काएको थियो । त्यसपछी सेल्टर पुर्याईएकी बहा फेरी बिरामी परेपछी पु:न अस्पताल पुर्याईएको थियो । उनको शारीरिक कमजोरी, ब्लड प्रेसर लो लागायत छालाको बिरामी लगायत अन्य बिरामी पनि भएको र खाना खान पटक्कै नमान्ने कारण अवस्था अत्यन्तै नाजुक छ ।

आफू नेपाल पुग्न पाए निको हुने थिएँ कि भन्छिन् बहा मुर्मु । उनको ईच्छा र परिवार तथा आफन्तहरुको पनि बहालाई नेपाल फर्काई दिन लगातार अनुरोध गरेका कारण उनीहरुकै ईच्छा अनुसार बहा मुर्मुलाई नेपाल फर्काउन आर्थिक सहयोग सन्चालन गर्नु परेको जानकारी दिंदै अभियानका संयोजक तथा परिषदकी महिला प्रतिनिधी सुस्मिता लिम्बूले कुवेतमा क्रियाशील संघ संस्था र समाजसेवी, बुद्धिजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागी हार्दिक अपील गरेकी छिन् ।

संयोजक लिम्बूले बिगत एक हप्ता देखी बहा मुर्मु लगायत अस्पतालमा उपचाररत बिरामीहरुलाई भेटेर उनीहरुको अवस्थाको ’boutमा जानकारी तथा आवश्यक सहयोगको लागी परामर्श गर्दै आईरहेकी थिईन् । उठेर एक्लै हिंड्न नसक्ने भएको कारण एकजना साथमा र ह्विल चियर वा बेडसंगै पठाउनु पर्ने भन्ने टुंगो लागि सकेको छैन । यदी ह्विल चियरमा नै पठाउन एयरलाईल् अनुमति दिएमा अन्दाजी ६ सय ५० केडी देखी १ हजार केडी सम्म लाग्न सक्ने र बेडसंगै केयर गिभर सहित पठाउन परेको खण्डमा भने बढी नै खर्च लाग्ने छ ।

संयोजक लिम्बू आज नेपाली राजदूतावासका सहचारी सेराज अहमदलाई लिएर बहाको फिंगर रिपोर्ट सहित अस्पताल पुगेकी भएपनि आवश्यक कागजातको लागी अस्पतालले उनको पासपोर्ट र सिभिल आईडी नभएको कारण दूतावासबाट रिक्वेस्ट लेटर मागेका कारण उक्त पत्र सहित पु:न भोलि अस्पताल पुगेर आवश्यक कागजात प्राप्त भएपछी एयरलाईनको प्रोसेस सुरु गर्ने र प्रोसेस समाप्त हुने बित्तिकै बहा मुर्मुलाई नेपाल फर्काईने संयोजक लिम्बूले जानकारी गराएकी छिन् ।

अभियान लामो समय संचालन नहुने भएको कारण अभियानमा सहयोग गर्न चाहानुहुने सहयोगी दाजुभाइ दिदीबहिनीहरुले चाँडो भन्दा चाँडो सहयोग गरीदिनुहुन समेत संयोजक लिम्बूले कुबेत नेपालडटकम मार्फत अनुरोध गरेकी छिन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )