एनआरएनए महिला संयोजक सुस्मिता लिम्बूले गरिन् बिरामीहरुलाई भेटघाट तथा फलफूल बितरण


कोशराज राई/ कुबेत

अक्टोबर २२, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतकी महिला संयोजक सुस्मिता लिम्बूले आज फर्वानिया अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल बितरण तथा उनीहरुको अवस्थाको ’boutमा जानकारी लिएकी छिन् ।
बिगत केही दिन देखी निरन्तर अस्पताल पुग्ने गरेकी संयोजक लिम्बू आज बिहान पनि अस्पताल पुगिन् र बिरामीहरुको ’boutमा जानकारी गराउन तथा उनिहरुको ’boutमा के गर्न सकिन्छ भनेर छलफल गर्न दूतावास पुगिन् । सम्पूर्ण जानकारी गराई सकेपछी छलफल गरी पु:न संयोजक लिम्बू र म पनि अस्पताल पुगेर बिरामीहरुले फलफूल खान चाहेको कारण फलफूल बितरण तथा उनिहरुको ’boutमा चिकित्सक तथा नर्सहरुसंग थप जानकारी लिईएको छ ।
शिवमाया बस्नेत
माङसेबुङ गाउँपालिका १, गजुरमुखी ईलामकी ३९ वर्षिया शिवमाया बस्नेत २ महिना अगाडी कुवेत आएकी हुन् । फर्वानिया अस्पतालको वार्ड नं. ११ को रुम नम्बर २ मा उपचाररत छिन् ।
पेट सुन्निने बिमार भएकी शिवमायाको आज ईन्डोस्कोपी गर्ने नर्सहरुले जानकारी दिएको बताईन् । उनलाई काम गरीरहेको घरमालिकले बिरामी भएको कारण कुवेत सरकारको सेल्टरमा ल्याई छोडेको उनको भनाई छ ।

भारतको बाटो हुँदै कुवेत पुगेकी शिवमायालाई नेपाली एजेन्टले बंगलादेशी नागरिकको एजेन्सीमा पठाएको बुझिएको छ । उनको नेपालको एजेन्टको नम्बर प्राप्त भएपछी उक्त नेपाली एजेन्टलाई सम्पर्क गरेपछी कुवेतको बंगलादेशी एजेन्टसंग एनआरएनए कुवेतकी महिला संयोजक सुस्मिता लिम्बूले सम्पर्क गरी नेपाल फर्काउन दवाव दिएपछी उनी आवश्यक सहयोग गर्न तैयार भएका छन् ।

सुनिता परियार
यस्तै गरी बगुवा ८, गोर्खाकी सुनिता परियार पनि फर्वानिया अस्पतालमै उपचाररत छिन् । आफुले काम गरीरहेको घरमालिक र मालिक्निले मरणासन्न हुनेगरी कुटपिट गरी बाटोमा अलपत्र छोडे पछी एक कुवेती नागरिकले एम्बुलेन्स बोलाएर अस्पताल पठाएका रहेछन् ।

महिनै पिच्छे घरफेर्दै काम गर्ने (अरबी भाषामा मुआक्कट) सुनिता उक्त घरमा काम गरेको केही दिनदेखी नै उक्त घरको मालिक्निले बेस्सरी कुटपिट गर्ने गरेको र २० औं दिनमा भने फलामको रडले टाउकोमा हिर्काएर गिदी ढाक्ने हड्डी नै पक्लक्कै निकाली दिएकी रहिछन् । मरणासन्न अवस्थामा अस्पताल पुर्याईएकी सुनिताको टाउकोमा उक्त हड्डी वरीपरी सिलाई गरेर अड्याईएको छ । कुन ठाउँमा उक्त घटना भएको हो भन्ने सम्म थाहा नभएकी सुनितालाई खाना खाने काँटाले घोचेर शरीर भरी चोटै चोट छ । हातमा डिण्डीले हिर्काएर बनेको घाउको खतै खत छ । आईरनले पोलेको डाम पनि त्यतिकै छ ।

उनी पनि चाँडो भन्दा चाँडो नेपाल जान चाहान्छिन् । तर उनको फिंगरको रिपोर्ट आउन बाँकी नै रहेकाले फिंगर रिपोर्ट आएपछी मात्र डिपोर्टेसनको प्रकृया अगाडी बढ्ने दूतावासका सहचारी मनोज सिंह बताउनु हुन्छ

लुम्बिनी समाज कुवेतका अध्यक्ष रुपेन हमालले हिजो भाईटिकाको दिन १२ हजार रुपैयाँ पर्ने मोवाईल र ईन्टरनेट सहितको सिम दिएपछी उनी अति खुशी छिन् । भनिन् हमाल भाइको नम्बर दिनुस् न । सहयोग गर्ने मान्छेलाई भुल्न हुन्न । उनले यहाँ लेख्दिनुस् भन्दै एउटा चिर्कटो दिईन् । अरु पनि नम्बर रहेछ । मैले हमाल भाइ भनेर रुपेन हमालको पनि नम्बर थपी दिएँ ।

बहा मुर्मु
अस्पतालमा अर्की बिरामी छिन् शिव सताक्षी नगरपालिका झापाकी बहा मुर्मु । बहा मुर्मुको ’boutमा उज्यालो अनलाईन र परदेशी खबरमा केही समय अगाडी मैले रिपोर्टिङ गरेपछी उनको ’boutमा परीवारले जानकारी पाएका थिए ।
अशक्त हालतमा दूतावास पुगेकी बहा मुर्मुको अवस्था अहिले झन् नाजुक छ । उठेर बस्न सक्दिनन् । खाना पटक्कै खाँदिनन् । शरीर सुकेको छ पहिले गोरो मान्छे कालो भएकी छिन् । तैपनि म नेपाल पुग्न पाए निको हुने थिएँ भन्छिन् ।

बहा मुर्मुलाई एक्लै नेपाल पठाउन सम्भव छैन । एकजना पनि उनको साथमा चाहिन्छ । उनको ’boutमा अस्पतालबाट सम्पूर्ण कागजात प्राप्त भएपछी एयरलाईनमा बुझाएपछी उक्त एयरलाईनका डाक्टरहरुले अवस्था हेरेर ह्विल चियरमा पठाउन सकिन्छ कि, बेडमै पठाउनु पर्ने हो या बिजनेस क्लासको टिकटमा कि ईकोनमी क्लासमा पठाउन सकिन्छ भन्ने कुराको निर्णय गरेपछी सोही अनुसार तैयारी गर्नु पर्ने र लाग्ने खर्च त्यसैमा भरपर्ने बताउँछन् एनआरएनए कुवेतका राहतकोष संयोजक तथा चितवन सेवा समाज कुवेतका अध्यक्ष नवीन लोप्चन ।

पछिल्लो पटक यस्तै केसमा चितवन सेवा समाजले उर्मिला विश्वकर्मालाई नेपाल पठाउँदा करिब ६ सय पचास केडी लागेको थियो तर बहा मुर्मुको ’boutमा यसै भन्न सकिन्न । बेडमा नै पठाउनु पर्ने भयो भने बढी नै खर्च लाग्ने छ ।

उनको पनि फिंगर रिपोर्ट आईसकेको र भागेको केस भएकोले उक्त केस सल्ट्याएर नेपाल पठाउन सकिने बताउनु हुन्छ दूतावासका सहचारी मनोज सिंह । दूतावासमा यस्तो केसमा सहयोग गर्ने बजेट नभएको र निवेदन पेश गरेर मन्त्रालयबाट पास गरेर आउन धेरै समय लाग्ने भएको कारण उनको परिवार लाग्ने खर्च बेहोर्न तैयार भएमा वा कुनै सहयोगी भएमा अलि चाँडो पठाउन सकिने पनि सहचारी सिंहको भनाई रहेको छ ।

मालती बम्जन
यसै सिलसिलामा भेटिईन् घेरा’bout पतिरा बजार ७, झापाकी ४२ वर्षिया मालती बम्जन । ८ महिना अगाडी कुवेत आएकी मालती पनि कुवेतमा अबैधानिक वसोवास गरीरहेकी रहिछिन् । घाउ दुखेर औषधी खाँदा बेहोस भएपछी अस्पताल पुर्याईएको रहेछ । अस्पताल हातामा बेहोशी हालतमा भेटिए पछी आईसियुमा राखी उपचार गरिएको र हाल उनी खतरा मुक्त रहेको अस्पताल सुत्रले बताए ।
मालतीले आफुलाई चाँडो नेपाल पठाई दिन एनआरएनए कुवेतकी महिला संयोजक सुस्मिता लिम्बूसंग अनुरोध गरिन् । उनी अस्पतालको वार्ड नम्बर १६ को रुम नम्बर ८ मा उपचाररत छिन् । मालतीले कुवेतका एजेन्टको बिवरण दिएपछी संयोजक लिम्बूले सम्पर्क गरिन् र उनलाई चाँडो नेपाल पठाउन दवाव दिईन् । एजेण्टले पनि आफूलाई उनी कहाँ छिन् भन्ने थाहा नपाएको र आजै थाहा पाएको र आजै भेटेर आएको र बुधवार सम्म टिकट मिलाएर पठाउने बचन दिएका छन् ।

कमला परियार
फर्वानिया अस्पतालमै अर्की पनि बिरामी भेटिईन् कमला परियार । परियार मुटु दुख्यो भन्दै छटपटी रहेकी थिईन् । खासमा उनलाई प्यांक्रियाजमा ईन्फेक्सन भएको रहेछ ।
उक्त बिरामीमा खाना, पानी केही पनि खान नमिल्ने रहेछ । सबै कुरा ईन्जोक्सनबाट नै दिईंदो रहेछ । तर कमला भने पानी पानी भनिरहेकी थिईन् । डाक्टरसंग उनको ’boutमा हामीले बुझेपछी यस्तो यस्तो हो भनेर सम्झाएपछी उनी केही शान्त बनिन् ।

महेन्द्र हरिजन
अस्पताल मै अर्का बिरामी छन् महेन्द्र हरिजन । उनलाई ड्युटी जाने क्रममा गाडीले ठक्कर दिएपछी सख़्त घाईते भई अस्पताल भर्ना गरिएको रहेछ । अबैधानिक रुप मै बसोवास गरिरहेका हरिजनलाई भने अर्कै केसको कारण मुलुक जान सकिरहेका छैनन् ।
रिजनको सिभिल आईडीबाट बंगलादेशी नागरिकले मोवाईल किस्तामा झिकेर फरार भएपछी उनको नाममा आएको बिल ३ सय पचास केडी तिरेपछी मात्र नेपाल जान पाउँछन् । उनको सहयोगको लागी लुम्बिनी समाज कुवेतका अध्यक्ष रुपेन हमालले आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )