काठमाडौं- मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधित सभा र प्रदेश सभाको निर्वाचनको लागि आज मनोनदय दर्ता भैरहेको छ। पहिलो चरणमा अन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मनोनदय दर्ता हुने छ। पहिलो चरणको निर्वाचनमा केही ‘हेभिवेट’ नेताहरुबीच चुनावी भिडन्त हुँदैछ। गोरखा २ मा प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ। भट्टराईलाई नेपाली कांग्रेसको समेत समर्थन छ भने श्रेष्ठ वाम गठवन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। उनीहरु दुई बीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ। नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ गोरखा १ बाट चुनावी प्रतिष्पर्धामा छन्। पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,912 यात्रीहरु
पुराना पेजहरु