३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता आज


कार्तिक ५, २०७४-प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । आज बिहान १० बजेदेखि जिल्ला निर्वाचन कार्यालयमा दलहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् । आज नै उम्मेदवारको मनोनयन दर्ता, साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।

त्यस्तै, मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १८ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

यसअघि नै आयोगले प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणका लागि कात्तिक १६ देखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको थियो ।

आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाड र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्दै छ ।

आयोगले दुईवटै सभाको निर्वाचन सँगसँगै तर दुई चरणमा मंसिर १० र २१ गर्दैछ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )