अपांग निरोजको सहयोगार्थ सिन्धुपाल्चोक सेवा समाज कुवेतले सेवा सहितको भाग्यचिठ्ठा खोल्ने


कुबेत नेपालडटकम

कुवेत, अक्टोबर १७- सिन्धुपाल्चोक माङ्खा-४ का अपांग, गरिब अनि दलित १५ बर्षिय निरोज नेपालीको सहयोगार्थ सिन्धुपाल्चोक सेवा समाज कुवेतले सेवा सहितको भाग्यचिठ्ठा संचालन गर्ने भएको छ |

ढाँडमा बडेमानको पाक्दै गरेको ऐजेरुबाट पिडित निरोज नेपालीको उपचारमा सहयोग मिलोस भन्ने हेतुले सिन्धुपाल्चोक सेवा समाज कुवेतले सेवा सहितको भाग्यचिठ्ठा संचालन गर्ने भएको समाज तदर्थ समितिका संयोजक माधब पौडेलले जानकारी दिएका छन् | समाजले संस्थाको अधिबेशनको अवसर पारेर भाग्यचिठ्ठा खोल्ने बताएको छ |

निरोज माङ्खा-४ निवासी अम्बर नेपालीको एकमात्र छोरो हुन् । अम्बरको सामान्य कलखुटेको कमाईले ३ छोरी, अपाङ्ग छोरा र पत्नीको पालिरहेका छन् |निरोजका साथीहरुले एसएलसी दिईसके । निरोज भने स्थानीय बालशिक्षा माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन् । यसअघि निरोज स्थानीय सेतीदेवी प्राथमिक विद्यालयमा पढ्थे तर त्यति धेरै स्कूल जान पाउदैनन् । हृविल चियर, बैशाखी र अन्य उपकरण नहुदा बोकरे लगेर मुढो पसारे झै स्कुलमा छोड्न परेको उनका बाबु बताउछन |

निरोजको नाममा कतिले फर्जी सहयोग देखाएर कुम्ल्याएँ हजुरलाई थाहा छ ? निरोजकी आमा भन्छिन् कति-कति आए, फोटो खिचे केके सोधे र लगे । लगे मात्र, केही ल्याएनन् ।‘’निरोज उत्तानो परेर सुत्न नै पाउँदैनन् । उनको ढाडमा बडेमानको ऐजेरु हुनाले दुवै खुट्टा नहुनु भन्दा बढी पीडादायक छ । दुईटा सिरानीमा कोखे कोल्टो फेरेर एकै ठाउँमा लडिरहँदा उनलाई हुने पीडाले कसैको मन छोएको छैन |

सेवा सहित भाग्य चिठ्ठा

पहिलो पुरस्कार- ल्यापटप कम्पुटर १ थान

दोस्रो पुरस्कार – एल इ डि टि भि १ थानतेस्रो पुरस्कार – सामसुङ प्राइम मोबाइल १ थान

सान्त्वना पुरस्कार- १० जनालाई १/१ थान आइरन

चिठ्ठा खोल्ने स्थान – सिन्धुपाल्चोक सेवा समाजको अधिवेशन हुने हल

मिति र समय :निर्धारण पछि कुवेतको अनलाइन मिडियाहरुमा हेर्न सक्नुहुनेछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )