Daily Archives: 16/10/2017

चित्र

नेपाली दूतावास कुवेत अक्टोबर १९ तारिख बन्द रहने


एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन १६ लाख


केपी ढुंगाना
काठमाडौं – चिकित्साशास्त्र अध्ययन संस्थानको स्नातक तह (एमबिबिएस) प्रवेश परीक्षामा चिट चोराउन नेपाली र भारतीय गिरोहले प्रतिविद्यार्थी १६ लाख रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। शनिबार काठमाडौंमा सञ्चालित प्रवेश परीक्षामा सहभागी विद्यार्थीलाई उत्तीर्ण गराउन नेपाली र भारतीय गिरोहले आधुनिक उपकरण दिएर चिट चोराउँदै गर्दा ४ विद्यार्थीसहित १६ जना पक्राउ परेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

यी हुन् ६ करोड ठगी आरोपमा पक्राउ परेका एनआरएन


लोकेन्द्र प्रसार्इं
काठमाडौं -नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीलाई ६ करोडभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

व्यापारी अपहरण र प्रेमिकाको हत्या गरी भागेका लामिछानेलाई नेपाल ल्याइयो


सुवास गोतामे
काठमाडौं : न्युरोड, मख्खन गल्लीका साडी व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणका मुख्य योजनाकार प्रकाश लामिछानेलाई नेपाल ल्याइएको छ । दुबईमा लुकेर बसेका लामिछानेलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

दोस्रो खेल रद्द भएसँगै नेपाल डिभिजन २ मा घटुवा


आश्विन ३०, २०७४-विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन । पढ्नेक्रम जारी राख्नुहोस्

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै, वार्ता सकारात्मक


अतुल मिश्र, काठमाडौं
आश्विन ३०, २०७४-चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ । डा. केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी डा. वाईपी सिंहले भने, ‘दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको छ, यस्तै ‘स्पिरिट’ कायम रहे एक/दुई दिनमै कुनै टुंगोमा पुग्न सकिन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्