कोशराज राई कुबेत
अक्टोबर १४, कुवेत । किरात राई यायोक्खा कुवेत शाखाले किरातहरुको चाड उधौली चाड डिसेम्बर ८ मा एक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यायोक्खाको हिजो बसेको मासिक बैठकले उक्त निर्णय गरेको हो ।
किरात राईहरुले मनाउँदै आईरहेको मु्ख्य चाडहरु मध्ये उधौली पनि एक हो । किरात समुदायमा मुख्य चाडहरु मध्ये मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमामा उभौली मनाउने चलन रहिआएको छ ।
यायोक्खाले उक्त दिन किरातहरुको साकेला/ साकेवा नृत्य, अन्य सांगीतिक प्रस्तुतिहरु लगायत किरात राई यायोक्खा कुवेत शाखाको स्थापना कालदेखीको बिभिन्न गतिविधिहरुलाई समेटेर स्मारिका प्रकाशित गरी सोही दिन विमोचन गर्ने बैठकले निर्णय समेत गरेको छ । बैठकले संस्थाका संस्थापक अध्यक्ष अमित चाम्लिङ राई सम्पादक र कोशराज राई सह-सम्पादकको जिम्मेवारी समेत सुम्पिएको छ ।
उक्त दिनको कार्यक्रम महत्वपूर्ण रहने र कुवेतमा कृयाशिल संघ संस्थाहरुले कार्यक्रम नजुधाई सहयोग गरी दिनहुन यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राईले बिनम्र अनुरोध गरेका छन् ।
कार्यक्रम हुने :
मिति : डिसेम्बर ८, २०१७
स्थान : रिदम हल, अब्बासिया
समय : बिहानको ११ बजे ।