थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतद्वारा बाढी पिडितहरुलाई राहत वितरण


कुबेत नेपालडटकम

थाक्थाकु माबोहाङ चेम्जोङ बंश उत्थान संघ कुवेतबाट मोरङ केराबारी ७ का बाढी पहिरो पिडित र बिपन्न परिवार गरि ३० घर (क,ख,र ग श्रेणीका परिवारलाई मंगलबारका दिन राहत प्रदान गरिएको छ ! केराबारी ७ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बाढी पिडित एवं बिपन्न ४ परिवारलाई राहत बितरण केराबारी वडा अध्यक्ष नारायण चेम्जोङको रोहवरमा बितरण गरिएको थियो ! कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु (भुजेल) थाकथाकु माबोहाङ चेम्जोङ बंश केराबारी गाउँपालिका अध्यक्ष देविरत्न लिम्बू युवा नेता किशोर राई समाज सेवी लाबाहाङ चेम्जोङ प्रहरी प्रशासन मिडिया कर्मी र भिविन्न राजनीतिक पार्टीका प्रतिनिधि, गाउँ समाजका समाज सेवी बुद्धिजीवी दाजु भाई तथा दिदीबहिनीहरुको उपस्थितिमा राहत बितरण गरिएको थियो !

संकलन रकम : दुर्गा प्रसाद चेम्जोङको नेतृत्वमा संकलित ८३ केडि ५०० फिल्स यस्तै पुर्ण प्रसाद चेम्जोङको नेतृत्वमा संकलित ११० केडि यसैगरी देवि चेम्जोङको नेतृत्वमा संकलित १२१ केडि, जितेन चेम्जोङ को नेतृत्वमा संकलित ४६ केडि २५० फिल्स, लिला चेम्जोङ को नेतृत्वमा संकलित ७८ केडि ५०० फिल्स, बिद्या चेम्जोङको नेतृत्वमा संकलित ८० केडि ५०० फिल्स यस्तै नरेश चेम्जोङ को नेतृत्वमा संकलित ४९ केडि, सुरेन्द्र चेम्जोङ बाट प्राप्त १५ केडि, सिरु चेम्जोङ बाट प्राप्त १० केडि यसै गरी बिरेन्द्र चेम्जोङ बाट प्राप्त ६ केडि, रुपा राईको नेतृत्वमा संकलित ५६ केडि र प्रेमा राई थुलुङको नेतृत्वमा संकलित २४ केडि ८५० फिल्स गरेर जम्मा ६८० केडि ६०० फिल्स अर्थात नेपाली रुपैँया २,३४,४८२ दुई लाख चौतिस हजार आठ सय बयासी रुपैँयाले बाढी पिडित ३६ घर र ४ घर बिपन्न परिवारलाई राहत प्रदान गरिएको हो।

संस्थाका सचिव सुरेन्द्र चेम्जोङको एक अनुगमन टोलिले मुगु बाढी पिडितहरुको गाउ घरहरु अनुगमन गरी (क) श्रेणीका ११ घर परिवारलाई प्रतिपरिवार २ वटा गाग्री एउटा ब्ल्यांकेट सहित नगद ६ हजारको दरले जित बहादुर विक, रण बहादुर विक,विना थेगिम, रेखा थेगिम, कोपिला थेबे, गंगा मायाँ थेगिम, पदम सिङ थेगिम, धन बहादुर याखा, सुनिता मगर, रण कुमार परियार र विर बादुर याखालाई प्रदान गरिएको छ ! ११ घर परिवार मध्ये २ जना जित बहादुर विक र रण बहादुर विकलाई टिन जस्ता पाता दुइ दुइ बन्डेलको दरले वितरण गरिएको छ । यसै गरि (ख) श्रेणीका १५ घर परिवारलाई प्रतिपरिवार २ वटा गाग्री १ वाटा ब्ल्यांकेट र नगद दुई हजार दुईसयको दरले प्रदान गरिएको व्यक्तिहरु शुक्र नेम्बाङ, लक्ष्मी प्रसाद थेगिम, खड्क बहादुर थेगिम, कटक बहादुर थेगिम, कुविरध्वज थेगिम, राज कुमार याखा राई, नर बहादुर राई, जय बहादुर याखा राई, भिम बहादुर राई, शुक्र वीर लिम्बु, बखत बहादुर राई, कुण्डल बहादुर विक, राम नाथ राई, बसन्ती सादेम्बा र लोक बहादुर धमलालाई वितरण गरिएको छ ! यस्तै आर्थिक रुपले अतिनै बिपन्न (ग) श्रेणीका ४ घर परिवारका नक बहादुर बिश्वकर्मा, पदम बहादुर लिम्बु, देशमती लिम्बु र देबि हादुर लिम्बुलाई एक एक वटा ब्ल्यांकेट, दुई दुई वटा तन्ना, दुई दुई वटा सिरानी सहित प्रत्येक परिवारलाई नगद ७ हजार तीन सय ७५ रुपैयाँको दरले प्रदान गरिएको छ !

कार्यक्रमको अन्त्यमा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु, नारायण लिम्बु, देवी लिम्बु र केराबारी ७ का युवा नेता किशोर राई लगायतले बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेका चेम्जोङ परिवारहरुले आफ्नो गाउँ ठाउँमा दैविक प्रकोपमा परि अफ्ठेरो र विपन्नामा परेकाहरुलाई सहयोग गरेकमा सम्पूर्ण थाक्थाकु माबोहाङ चेम्जोङ उथान संघ कुवेतका सम्पुण परिवारलाई धन्यवाद दिनु भएको थियो ! मुगु बाढी पिडितहरुको लागि आब्हान गरेको राहत संकलन अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरु एवं राहत संकलन अभियानमा साथ दिनु हुने सम्पूर्ण टिम र राहत वितरणमा मुख्य भूमिका खेल्नुहुने बिमल चेम्जोङ, सागर सरगम चेम्जोङ, कबिन्द्र मिभक निर्मला राई चेम्जोङलाई थाक्थाकु माबोहाङ चेम्जोङ उथान संघ कुवेतका अध्यक्ष दुर्गा चेम्जोङले सबैलाई हृदय देखिनै धन्यवाद दिनु भएको छ !

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )