Daily Archives: 12/10/2017

दुर्गा बहादुर गुरुङ लाई तमु समाज कुवेतद्वारा आर्थिक सहयोग


हरि कृष्ण न्यौपाने-काठमान्डौ

लम्जुङ घलेगाँउ-९ घर भई करिब ८ महिनापहिले रोजगारिका लागि कुवेत पुगेका दुर्गा बहादुर गुरुङ बोल्न नसक्ने रशरीरको दाँया भाग नचल्ने भएका छन। वीर अस्पातलमा केही समय राखे पछी हालनरदेबी अस्पातलमा उपचार गराइ रहेका दुर्गा गुरुङलाई तमु समाज कुवेतले
नेपाली रुपैया-२८,४७०/-उपचारका लागि आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

चिकित्सा विधेयकमा एमालेको विरोध


दीपा दाहाल
काठमाडौं: अनशनरत प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न सरकार तयार भए पनि प्रतिपक्षी एमालेको विरोधका कारण बुधबारको संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन। विधेयकमा माथेमा प्रतिवेदन र डा. केसीको सुझाव समेट्न शिक्षामन्त्री तयार भएका थिए तर सम्बन्धित समितिबाट सर्वसम्मत रूपमा पास भई संसद्मा दर्ता भइसकेको विधेयक पुनः परिमार्जन गर्ने अधिकार सरकारसँग नभएको भन्दै एमालेका सांसदले विरोध जनाएपछि संसद्मा पेस हुन नसकेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

असोज २८ मै संसद् विघटन : शुक्रबारै अन्तिम बैठक


नरेन्द्र साउद
काठमाडौं : प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ। दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा जानेहरुको पहिचान आँखाबाटै


कानुनविनै लागू भयो ‘आइरिस रेकोग्नेसन सिस्टम’
रविन्द्र घिमिरे
२६ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले नेपालमै पहिलोपटक सरकारी सेवामा ‘आइरिस रेकोग्नेसन सिस्टम’ सुरुवात गरेको छ । विशेष मेसिनमार्फत आँखाको नानीको बाहिरी भागका आधारमा व्यक्तिको पहिचान प्रमाणित गर्ने विद्युतीय सिस्टमलाई श्रम स्वीकृति दिँदा प्रयोग गर्न थालिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

हङकङ विरुद्ध शरदले नखेल्ने !


विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल शुक्रबार र आइतबार
विनोद पाण्डे, हङकङ
आश्विन २६, २०७४-नेपालका प्रमुख व्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबार हुने खेल गुमाउने सम्भावना बढेर गएको छ । अस्वस्थताका कारण उनले खेल गुमाउन लागेका छन् । अहिले उनलाई अत्याधिक ज्वरो आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्