नेपाल कुवेत सांस्कृतिक मञ्चद्वारा बाढी पीडितको लागि १ लाख २१ हजार आर्थिक सहयोग।


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल कुवेत सांस्कृतिक मञ्च द्वारा नेपालका बाढी पीडितहरूलार्इ नगद १ लाख २१ हजार बराबरको आर्थिक सहयोग गरे को छ।

मोरगंको सुन्दरहरैचा ४मा रहको सिर्जनशिल आधारभुत प्राथमिक विद्यालयलाई नेपाल कुवेत सांस्कृतिक मञ्चले नगद १ लाख २१ हजार नगद सहयोग गरेको हो । बाढिका कारण विद्यालय प्रभावित वन्न पुगेको प्रकासमा आएपछि बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा वस्दै आएका नेपालीहरुले रकम संकलन गरेको मञ्चका संरक्षक माधव शर्माले जानकारी दिए । उनले विद्यार्थीहरुको भविस्यसंग जोडिने विद्यायलयलाई सहयोग गर्न पाउदा खुशी लागेको समेत वताए ।

सुनसरी र मोरगंको सिमामा रहेको वुढि खोलाको पुर्व तर्फको किनारामा रहेको विद्यालयमा साउन २७ गते राति आएको बाढिले क्षति पुर्रयाएको थियो । बाढिले विद्यालयको माइन्युट बाहेक सम्पुर्ण सामाग्रीहरुमा नोक्सानी पुरयाएको समयमा वैदेशीक रोजगारीमा रहेकाहरुले उपलव्ध गराएको राहत रकम सही ठाँउमा सदुपयोग गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमेश वस्तीले वताए ।

विद्यालयलाई नेपाल कुवेत सांस्कृतिक मञ्चका संरक्षक शर्मा प्रवक्ता प्रसाद तिमल्सीना ,धर्मराज राईले संयुक्त रुपमा विद्यालयका अध्यक्ष वस्ती तथा प्रधानाध्यपक चिन्तामणी ढकाल नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा विद्यालयलाई सहयोग जुटाउन महत्वपुर्ण भुमिका खेल्ने पुर्व राष्ट्यि फुटवल खेलाडी सुरेन्द्र तामागं र स्थानीय खगेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्म ७३ जना बालवालिकाहरु अध्ययनरत रहेको छन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )