प्रदीप नेपाली
८ अक्टोबर,कुवेत। दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरेले धमाका मच्चाउने छन् ।
आगामी नोभेम्बर १० तारिख शुक्रबार नायक तथा चर्चित गायक यस कुमार, चर्चित लोक गायिका मुना थापा मगर र प्रेम कुमार गैरेले कुवेतमा सांगितिक धमाका मच्चाउने छन् कार्यक्रम जिलिपको नटिङ ब्रिटिस स्कुलमा हुनेछ ।
सांगीतिक कार्यक्रममा आउने दर्शकलाई सहजताको लागी आयोजकले कुवेतका बिभिन्न स्थानमा रहेका नेपाली होटलमा टिकट उपलब्ध गराएको छ । सम्पूर्ण कुवेतबासि नेपालीलाई समेट्ने उदेश्यले फाहीलको नेपाली फेमिली भान्छा घर, जिलिपको हिमालय नेपाली रेस्टुरेन्ट, मालियाको चौतारी होटल, फर्वानियाको हाम्रो सैलुङ्गे नेपाली रेस्टुरेन्ट लगायत अन्य व्यक्तिहरुलाई सिधै सम्पर्क गरेर पनि टिकट काट्न सकिने छ । आयोजकले आफुलाई पायक पर्ने होटल वा स्थानमा गएर गएर टिकट लीइ आफ्नो सिट सुरक्षित राख्न पनि अनुरोध गरेको छ । कुवेतमा कार्यरत सामान्य मजदुरले समेत कर्यक्रममा आएर मनोरन्जन लिन पाउन भनेर टिकट दर पनि सस्तो राखिएको आयोजकले बताएको छ । टिकटको मुल्य २ केडी मात्र तोकिएको छ ।
सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल बनाउन आयोजक जोडतोडले लागेको छ । कुवेतबासी नेपालीलाई ढुक्क भएर कार्यक्रममा उपस्थित हुन पनि आयोजकले भनेको छ । कार्यक्रममा स्थानीय पुलिस प्रशासन सग समन्वय गरी स्कुलले सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । स्कुलले ३ जना सुरक्षागार्डको आफै व्यवस्था गरिदिएको छ । कार्यक्रम हल वा ’round मध्यपान, धुम्रपान गर्न पाइने छैन भने मध्यपान सेवन गर्नेलाई हलभित्र प्रबेशमा समेत रोक लगाउने भएको छ ।
सांगीतिक कार्यक्रममा अतिथि कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवी, खेलाडी, कलाकार, कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भै भरपुर मनोरञ्जन लिन पनि अध्यक्ष नेपालीले भनेका छन् ।
थप जानकारी सम्पर्क
मिति:- नोभेम्बर १० तारिख शुक्रबार
स्थान:- नटिङ ब्रिटिस स्कुल, जिलिप (जिलिपको गल्फ मार्केट अगाडी, ब्रिज नजिककै स्कुल अर्थात् जिलिप अल सुवैख ब्लक १, स्ट्रेट १००, ६ रिंगरोड जिलिप पार्कको सामुन्ने)
समय:- दिनको ठिक १ बजे
टिकट पाइने स्थान र सम्पर्क नम्बर-
सम्पर्क- कार्यक्रम संयोजक- बिष्णु परियार- ६५८३१०८७
चौतारी नेपाली रेस्टुरेन्ट, मालिया
नेपाली फेमिली भान्छा घर, फाहिल- ५५३७३१५२, ६५८५६१५५
हिमालय नेपाली रेस्टुरेन्ट, जिलिप- २४३४१३५५
हाम्रो सैलुङ्गे नेपाली रेस्टुरेन्ट, फर्वानिया-
जहारा एरिया, रमेश नेपाली- ६९९१४३१५
हावाली एरिया, गम बहादुर सुनार- ५५३०२९९०
शुवैख एरिया, प्रदिप नेपाली- ६६३२५३४५
मंगाफ, महाबुल्ला, जीवन सुनार- ५५१४२३१२, माया बिक ९८०५१७३३
फर्वानिया एरिया, पुर्ण सिंह सिके- ५५९८५४९५