लालीगुराँसको समिक्षा, सहयोगी तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न


कमल सिंह/ कुबेत

६ अक्टोबर,कुवेत। लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतले रिदम हल जिलिवमा कार्यक्रम समिक्षा,सहयोगी तथा कलाकार सम्मान ,नयाँ कार्य समिति स्वागत एंव दिवा भोज कार्यक्रम भव्य रुपमा कार्यक्रमलाई सभापति प्रमुख अतिथि र सरंक्षकहरु सयुक्त रुपमा दिप प्रजव्लन गरेर उद्घाटन गरिएको थियो।

संस्थाका उपाध्यक्ष मुक्त बहादुर बि.क को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि लगाएत विभिन्न व्यक्ति बिशेषहरुले समिक्षा मन्तब्य दिएका थिए ।संरक्षक राजेन्द्र बिरहि ले अाफुले स्थापना गरेको संस्थाले शिखर चुमेकोमा अाफुले गौरब गरेको मनत्व्य राखेका थिए भने कला र गला हुने कलाकारहरुले राष्ट्रिय कलाकार बन्ने ईच्छा भएमा संस्थाको तर्फबाट सहयोगको कुनै कसर नछोड्ने संस्थाका बरिस्ठ संरक्षक बि बि मल्ल ठकुरी र संरक्षक डी बी लोप्चनले प्रतिबद्धता रहेको बताए । अन्य बक्ताहरु क्रमशः नेपाल कुवेत सास्कृतिक मंचका उपाध्यक्ष डोलराज न्यौपाने तथा सस्थाका नवनिर्वाचित बरिस्ठ उपाध्यक्ष सोम रसाइलीको तर्फबाट पनि कार्यक्रम पूर्णरुपमा सफल भएको र यस्ताखाले कार्यक्रमलाई निरन्तता दिनु पर्नेमा सबैको समिक्षा मन्तव्य रहेको थियो ।

कार्यक्रममा कुवेतका चिर परिचित गजलकार संस्थाका संरक्षक मनोज काफ्ले र अमर खड्काले गजल वाचन गरेका थिए भने संस्थाका कलाकारहरुले लोपोन्मुख पन्चे बाजा बजाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने प्रत्यक्ष दोहोरीमा प्रेम कटवाल, बिराज तामाङ र सपना थापा मगरको जोडीले थप रौनक्ता दिलाएको थियो । तेस्तै आयोजक सस्थाले कार्यक्रममा उपस्थित आगान्तुक पाहुनाहरुलाई दिवा भोजको समेत रिक्त पदपूर्ति गर्दै परिचित हास्य कलाकार सोम रसाइली लाइ बरिष्ठ उपाध्यक्षमा र सदस्यमा क्रमश घनश्याम वास्कोटी, मिलन रसाइली र होम सुनारलाई मनोनित गर्दै दोसल्ला अोडाएर प्रमुख अतिथि ,सभापति एंव सरंक्षकहरुले स्वागत गरेका थिए ।
“स्मरण रहोस् हाम्रो सस्कृति हाम्रो परम्परा” भन्ने मुल नारा का साथ २०१० मा स्थापना भई कलाकारहरुको प्याल्टफर्मको रुममा परिचित लालीगुराँस सास्कृतिक परिवारले हरेक बर्ष दुर्गा पुजा सहित भव्य कार्यक्रम गर्दै अाएको छ।

अध्यक्ष माधव पौडेलले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरु सबैलाई बिशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थियो।

कार्यक्रममा गएको २२/०९/२०१७ मा सस्थाले अायोजना गरेको संस्थाको सातौ बार्षिक उत्सव ,तेस्रो अधिवेशन , शुभकामना अादन प्रदान ,दुर्गा पुजा एंव दशै अायो धमाका २०१७ भव्य एंव सभ्य रुपमा सफल गराउन तनमन र बचनले सहयोग गर्नुहुने ११ संघसंस्था र १३ ब्यक्ति हरुलाई खादा र सम्मान पत्रले सम्मानित गरिएको थियो भने प्रस्तुति दिनुहुने २७ कलाकारहरुलाई प्रशंसा पत्र प्रदान गर्दै हौसला दिने कार्य भएको थियो ।निर्वाचन समितिले सम्पुर्ण कार्य समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष माधब पौडेलको सभापतित्वमा भएको कार्यक्रममा गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतको प्रथम उपाध्यक्ष सुमित्रा पौडेलले प्रमुख अातिथ्य गर्नुभएको उक्त कार्यक्रम लोक गायक प्रेम कटुवालले संचालन गरेका थिए ।ब्यवस्थापन गरीएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )