Daily Archives: 05/10/2017

लोकतान्त्रिक गठबन्धन बनाउने कांग्रेससहित ६ दलबीच सैद्धान्तिक सहमति


तालमेलमा सहमति जुटाउन ७ सदस्यीय कार्यदल गठन
कुलचन्द्र न्यौपाने, काठमाडौं
आश्विन १८, २०७४-कांग्रेससहित ६ राजनीतिक दल सम्मिलित ‘बृहत् लोकतान्त्रिक गठबन्धन’निर्माण गर्न बुधबार सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकबीच बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धनमा रहने दलहरुबीच चुनावी तालमेल कहाँ, कसरी गर्ने भन्ने विषयमा गृहकार्य गरी औपचारिक सहमति जुटाउन ६ दलबीच ७ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा कांग्रेसका २ र अन्य ५ दलबाट १/१ सदस्य रहने भएका छन् । कार्यदलमा रहने सदस्यहरुको नाम सबै दलले बिहीबार दिने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्