सीमा बचाउ अभियानका अगुवा भारतीय जेलमा


देवनारायण साह, कोइलाडी(सप्तरी)
छाेराले उमेर नपुगेकाे भारतीय केटीसँग विवाह गरेकाे मुद्दा
आश्विन १६, २०७४-सीमा बचाउ अभियानमा लागेका कोइलाडी तिलाठी गाउँपालिका २ का देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी सोमबार जेल चलान गरेको छ ।देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको र छुटाउन गएका बाबु देवनारायणलाई समेत पक्राउ गरी भारतको विहार राज्यअन्तर्गत सुपौलको वीरपुर जेल पठाइएको जानकारी दिए ।

भारतको कुनौली थानाका प्रमुख विनोद यादवले देवनारायण, उनका छोरा अजय र कोइलाडी तिलाठीका विजयकुमार यादवविरुद्ध अपहरण मुद्दा रहेकाले त्यही सिलसिलामा पक्राउ गरिएको बताए । उनका अनुसार गत जेठ २० गते भारतको विहारस्थित कुनौली १ की १८ वर्षीया ज्योति कुमारीलाई अपहरण गरेको व्यहोराको उनकै दाजु सञ्जीवकुमार साहले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उजुरीमा उक्त घटना सन् २०१७ मे ३१ मा भएको उल्लेख छ ।

अपहरित भनिएकी ज्योति अजयसँग प्रेमविवाह गरी उनकै घरमा बस्दै आएकी छन् । आफूले अजयसँग स्वेच्छाले प्रेमविवाह गरेको ज्योतिले बताइन् । आफ्ना श्रीमान् र ससुरालाई भारतीय प्रहरीले अनाहकमा पक्रेर दु:ख दिएको उनले बताइन् । तिलाठीवासीले यादवलाई पक्राउ गर्नुको कारणसमेत भारतीय पक्षले स्पष्ट नगरेको आक्रोश पोखेका छन् । स्थानीय चन्दनकुमार झाले भने, ‘दशगजा आन्दोलनका अगुवा यादवलाई पक्राउ गर्न भारतीय छोरीको अपहरण गरेको विषय देखावटी मात्रै भएको र मुख्य कारण दशगजा आन्दोलन नै हो ।’

गत वर्ष भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा एकतर्फी रूपले बाँध बाँधिरहेका बेला भारतीय पक्षसँग भएको झडपमा देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचार खर्चसँगै सच्चा राष्ट्रवादीको सम्मानपत्रसमेत दिएको थियो ।

रामनारायणले आफ्ना भतिजाले ज्योतिसँग विवाह गरेको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबीका आधारमा पक्राउ गरेर जेल चलान गरेको बताए । आफूहरू ६ महिनादेखि कुनौली आउजाउ गरिरहे पनि चाडपर्वको मौका छोपी पक्राउ गर्नुमा गत वर्षको सीमा बचाउ घटना नै प्रमुख कारण रहेको सुनाए । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले देवनारायणका छोराले उमेर नपुगेको भारतीय केटीसँग विवाह गरेकाले केटी पक्षले दिएको उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको बताए । उनले यस’bout बुझेर रिहाका लागि पहल थालेको उनले जानकारी दिए ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )