Daily Archives: 03/10/2017

एमाले-माओवादी एकताको बहस : कसरी जुट्यो सहमति ?


रामकृष्ण अधिकारी
काठमाडौं : प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ । दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सीमा बचाउ अभियानका अगुवा भारतीय जेलमा


देवनारायण साह, कोइलाडी(सप्तरी)
छाेराले उमेर नपुगेकाे भारतीय केटीसँग विवाह गरेकाे मुद्दा
आश्विन १६, २०७४-सीमा बचाउ अभियानमा लागेका कोइलाडी तिलाठी गाउँपालिका २ का देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी सोमबार जेल चलान गरेको छ ।देवनारायणका दाजु रामनारायण यादवले दशगजा क्षेत्रमा रहेको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको र छुटाउन गएका बाबु देवनारायणलाई समेत पक्राउ गरी भारतको विहार राज्यअन्तर्गत सुपौलको वीरपुर जेल पठाइएको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै


प्रधानमन्त्री देउवा र समकक्षी मोदीले अरुण तेस्रो आयोजना शिलान्यास गर्ने
चन्द्रशेखर अधिकारी, काठमाडौं
भारतीय प्रधानमन्त्री मोदी करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजना उद्घाटन गर्न नेपाल आउन लागेका हुन् ।
आश्विन १७, २०७४-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्राय: निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो । पढ्नेक्रम जारी राख्नुहोस्