गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश


कमल पन्थी, गुलरिया
आश्विन १६, २०७४-बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो । डिएसपी युवराज खड्काले भने, ‘हिजोको विषयलाई लिएर आज बिहानैदेखि दुईपक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु लगाइएको छ ।’

बर्दियाको गुलरिया नगरपालिका-११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । आइतबारको विषयलाई लिएर सोमबार बिहानैदेखि दुवै समूहले प्रदर्शन गरेका थिए ।

आज बिहानदेखि स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो । डिएसपी खड्काका अनुसार अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अहिले गुलरिया-नेपालगञ्ज सडकखण्ड बन्द छ । विस्तृत विवरण आउन बाँकी छ रहेको डिएसपी खड्काले बताए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )