Monthly Archives: अक्टोबर 2017

माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोर चलान


१२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने
१४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । मंगलबार विहान ललितपुरको  तदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भिजिट भिसामा अलपत्र पर्नेलाई युएईमा सहयोग नमिल्ने


संघसंस्थाका अगुवा भन्छन्- हामी सहयोग गर्दैनौं, दलाललाई भन्नोस्
रामप्रसाद ढुंगेल
१४ कात्तिक, युएई । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ता युएईमा रहेका सबैलार्इ आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण गायक प्रकाश पौडेलले पीडितलाई सहयोगका सार्वजनिक अपिल गरे । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौं-कुवेत सिधा उडान: नेपाली कामदारलाई हुन्छ फाइदा


कुबेत नेपालडटकम

नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ ।कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गुल्मीमा माइक्रोबस दुर्घटना, सात जनाको मृत्‍यु


गंगा खड्का/लक्ष्मण पोखरेल
गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा दुर्घटनाग्रस्त माईक्रोबस । दुर्घटना हुँदा सात जनाको मृत्‍यु भएको छ। तस्बिर: लक्ष्मण पोखरेल
गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका ४ विरवासमा माईक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्‍यु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अलग अलग मतपत्र छापिने, अर्बौंको भार, मतदान झन्झटिलो


नरेन्द्र साउद
कान्तिपथस्थित निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मतदाता नामावली व्यवस्थापन गर्दै आयोगका कर्मचारी । मतदाता नामावलीसम्बन्धी काम आइतबार सकेर आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाउने तयारी गरेको छ । अशोक दुुलाल

काठमाडौं : सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्‍यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग-अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्र’bout गरेको निर्णय ‘निर्वाचनको सुनिश्चितता’ का लागि भएको आयोगको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो


१३ कात्तिक, झापा । झापा प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडमा लगाएकाे कर्फ्यु आइतबार राति ९ बजेदेखि सोमबार १२ बजेसम्मलाई हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्