सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा (प्रतिबद्धता सहित)


हाम्रो संचार संवाददाता

२९ सेप्टेम्बर,कुवेत। आगमी अक्टोबर १४ देखी १७ सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ८ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC) पदका लागि ११ बुंदे प्रतिबद्धता जारी गर्दै हिजो एक पत्रकार सम्मेलन गरी कुवेतबाट सुजन केसीले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासिय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको स्थापना काल २००९ देखी २०११ सम्म सचिव, २०११ देखी २०१३ सम्म महासचिव र २०१३ देखी २०१७ सम्म आईसीसी (अन्तराष्ट्रिय समन्वय परिषद) का सदस्य र गैरआवासिय नेपाली संघ (NRNA)/ राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतका सल्लाहकार समेत रहेका केसीले उम्मेदवारी घोषणा गरेका हुन ।

एनसीसी अध्यक्ष अर्जुन तामाङले केसी स्वच्छ छबि भएको र एनआरएनए कुवेतको स्थापना कालदेखी नै उनले बिशेष योगदान दिएका कारणले नै मध्यपूर्वको उपसंयोजकमा जिताउनु पर्ने र केसीको जितको लागि एनसीसी कुवेतको सक्दो साथ र सहयोग रहने उक्त पत्रकार सम्मेलनमा प्रतिबद्धता समेत व्यक्त गरेका छन । साथै उम्मेदवार केसीलाई जीतको लागि अग्रिम शुभकामना दिंदै आईसीसी सदस्य अमित राईले आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन।

हेर्नुहोस प्रतिबद्धताहरु :

१, एनसीसी कुवेत र मध्यपूर्व एनसीसीका कार्यक्रमहरुलाई प्रमोट गर्न आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने ।

२, मध्यपूर्वका समग्र समस्याहरुलाई पहिचान गरी केन्द्रिय समिति समेत सहयोग जुटाएर काम गर्ने

३, नेपाल सरकार र सरकारी कार्यलयहरुबाट सम्वोधन गरिने कार्यक्रमलाई आफ्नो तर्फबाट भरपुर योगदान रहने ।

४, कुवेत लगायत सिधा हवाई सम्पर्क नेपालसंग नभएका मुलुकहरुलाई सिधा हवाई सम्पर्क बनाउन कुटनितीक नियोग मार्फत दवाब दिने ।

५, खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरुको राजनैतिक मताधिकारको लागि प्रयास जारी राख्ने ।

६, कामदारहरुको बिमा तथा क्षतिपूर्ति उनीहरुको कानूनी समस्याहरुलाई प्रभावकारी रुपमा हल गर्न सम्बन्धित देशका एनसीसीसंग मिलेर काम गर्ने ।

७, नेपालमा उत्पादन मूलक कामहरुमा खाडीका मजदुरहरुको सामुहिक लगानीका लागि नेपाल सरकार र सम्बन्धित निकायहरु सहकार्य र समन्वय गर्ने ।

८, केन्द्रिय समितिका निर्देशन र कार्ययोजनालाई ईमानदार प्रयासका साथ अगाडी बढाउने ।

९, खाडीका बिभिन्न देशमा श्रम सम्झौता नभएको हकमा श्रम सम्झौताको लागि पहल गर्ने र भएका देशहरुमा एनसीसीको सहयोगमा अनुगमन गर्ने परिपाटीको निती बसाल्ने ।

१०, सुरक्षित रोजगार र कामदारको सम्मानको लागि अन्तरक्रियात्मक र रचनात्मक सुझाव संकलन गरेर कार्य योजना बनाउने ।

११, सबै देशमा रहेका नेपाली नियोगसंग समन्वय गरी नेपालको पर्यटन र नेपाली उत्पादनको निर्यात ब्यापारको लागि भूमिका खेल्ने ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )