सार्क सम्मेलन झनै अनिश्चित


कमलदेव भट्टराई, काठमाडौं
आश्विन ७, २०७४-भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ । प्राय:जसो हरेक वर्षको नोभेम्वर महिनामा सार्क सम्मेलन गर्ने परम्परा रही आएको छ । भारत र पाकिस्तानको विचमा सम्बन्धमा सुधार नआएसम्म सार्क सम्मेलनको सम्भावना छैन । तर दुई देशको तिक्तता घटो होइन वढो अवस्थामा रहेको छ । संयुक्त राष्ट्रसंघको जारी महासभामा भारत र पाकिस्तानबीचको तनाव झनै छताछुल्ल भएको छ । दुवै मुलुकले एक अर्कालाई आतंवादलाई बढावा दिएको आरोप लगाएका छन् । भारतले निरन्तर रूपमा नै पाकिस्तानको कारणले सार्क सम्मेलन हुन नसकेको दाबी गर्दै आइरहेको छ । पाकिस्तानले पनि भारतकै कारण नै गत वर्ष सार्क सम्मेलन हुन नसकेको बताइरहेको छ । भारत र पाकिस्तानको विचमा तत्काल वार्ता हुने सम्भावना पनि एकदमै न्युन रहेको छ, जसले सार्कलाई झन प्रभावित पार्ने छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेकी भारतिय विदेशमन्त्री सुष्मा स्वराजले सार्क राष्ट्रका विदेशमन्त्रीहरुसंगको भेटभाटमा सार्क सम्मेलनप्रति भारतको अनिच्छा स्पष्ट रुपमा प्रकट गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार स्वराजले सार्कको अनिश्चयको वारेमा स्पष्ट रुपमा नभने पनि ‘क्षेत्रिय स्थायितत्व, कनेक्टीभिटी र सहकार्य, शान्ति र सुरक्षाको वातावरणमा मात्र अगाडि बढ्ने सकिने’ उल्लेख गरेकी छन् । ‘तर शान्ति र सुरक्षा यतिबेला निकै खत्तरामा छ र यस क्षेत्रको उन्नतीको लागि हामीले आतंकवादलाई उन्मुलन गर्न आवश्यक छ,’ स्वराजले भनेकी छन् । स्वराजले सार्कले आफ्नो उद्धेश्य हासिल गर्न नसकेको समेत उल्लेख गरेकी थिइन् ।

यस वर्ष सार्क सम्मेलनको सम्भावना नरहेपछि सार्कको अध्यक्षको नाताले नेपालले आगामी सन् २०१८ मा सार्क सम्मेलन गर्न सदस्य मुलुकहरुसंग छलफल गरिरहेको छ । तर आगामी वर्ष पाकिस्तानमा आम निर्वाचन हुन गईरहेका कारण सार्क सम्मेलन हुने सम्भावना एकदमै कम छ । पाकिस्तानले १९ औं सार्क सम्मेलन आफ्नै मुलुकमा हुनुपर्ने अडान राखिरहेको छ भने भारत सम्मेलनको स्थान परिवर्तन गर्न चाहन्छ । पछिल्ला समयमा भारतले द्विपक्षीय बैठकहरूमा सार्क सम्मेलनको सन्दर्भ नै उठाउन छाडेको छ । यही वर्ष नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र वंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतको भ्रमण गरे । तर दुवै भ्रमणमा सार्क सम्मेलन गर्ने ’boutमा खासै छलफल नै भएन । उसो त यस भन्दा अगाडी दुईपक्षीय संयुक्त विज्ञप्तिमा सार्कको सन्दर्भ उल्लेख गर्ने गरिन्थ्यो भने पछिल्लो वर्षहरुमा उल्लेख नै हुन छाडेको छ । भारतले सार्कको भन्दा वढी विमस्टेकको चर्चा गर्ने गरेको छ ।

गत वर्ष नोभेम्वर ९ र १० को लागि तय भएको सार्क सम्मेलन भारतले सहभागिता नजनाउने वताएपछि स्थगित भएको थियो । भारतको पोजिसनलाई वंगलादेश, भुटान र अफगानिस्तानले तत्कालै समर्थन गरेका थिए । नेपालको चाहि पोजिसन नै स्पष्ट नभएपछि एक साताको अन्तरालमा दुइटा विज्ञप्ति जारी गरेको थियो । सार्कको अध्यक्षको नाताले नेपालले शिखर सम्मेलन गर्न गम्भीर वार्ता गर्नुपर्ने अपेक्षा अन्य सदस्य राष्टको रहेको छ, तर त्यस्तो पहल नेपालले गरिरहेको छैन । सार्क स्थापना भएको ३० वर्ष भए पनि विभिन्न कारणले अहिलेसम्म जम्मा १८ वटा सार्क सम्मेलनमात्र भएका छन् । स्थापनाकालदेखि नै सार्क भारत–पाक तनावको छायामा परेर प्रभावित भइरहेको छ र सम्मेलनमा भएका सहमतिसमेत कार्यान्वयन हुन सकिरहेका छैनन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )