कुबेत नेपालडटकम
२२ सेप्टेम्बर २०१७ कुबेत दसैंको शुभकामना आदान-प्रदान गर्ने र सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई नेपाली गीत-संगितले भरपुर मनोरञ्जन दिलाउने हेतुले लालीगुँरास साँस्कृतिक परिवार, कुवेतले आफ्नो ११ सांगितिक प्रस्तुति स्वरुप हिजो खैतानस्थित राजधानी होटेलको हलमा कुवैतका स्थानिय नेपाली कलाकारहरुको सकृयतामा आयोजना गरेको दशहरा सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
निर्धारित ११ बजेको समय भन्दा केही ढिला सुरु भएको कार्यक्रम साझ सम्म ५ बजे सम्मा चलेको थियो । लालीगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष डिबी लोप्चन को सभापतित्वमा सञ्चालन भएको कार्यक्रमलाई एनआरएनए एनसीसी कुवेत को आईसिसी कोर्डिनेटर अमित राई, र कलाकर सुरेश ग्याबा तमाङ ले संयुक्तरुपमा कार्यक्रम संचालन गरेका थिए। भने नेपाली राजदूतावास कुवेतकी मिनिष्ट्री अफ काउन्सेलर विन्दिराशंकर जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा बिशेष अतिथी नेपाली दुतावासको प्रथम सचिव भोगेन्द्र लिङ्देन, एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामाङ, बिशेष अतिथिको रुपमा थिए भने कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।
“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई संस्कृतिप्रेमी दर्शकहरुले खचाखच भरिएको हल मा सम्पन्न उक्त कार्यक्रम मालालीगुराँस साँस्कृतिक परिवारको सल्लाहकार प्रेम कटुवाल को स्वागत मन्तब्यबाट सुरु गरे को थियो भने प्रमुख अतिथि नेपाली दुताबास कुवेतकी मिनिष्ट्री अफ काउन्सेलर विन्दिराशंकर जोशी ले दिप प्रज्वलन गरि हिन्दू जागरण कुवेत को अध्यक्ष टिका राम आचार्य,ले मन्तर पढी लक्ष्मी भगवान को पुजा गरी पन्चेबाजा साथ मा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।
औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी जोशी ले बिजया दशमीको अग्रिम शुभकामना दिदै प्रवासको भूमिमा नेपाल कै झल्को दिने गरि पन्चे बाजा भित्र्याएर नेपाली कला सस्कृति परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकको तारिफ गरेका थिए । भने नेपाली दुतावासको प्रथम सचिव भोगेन्द्र लिङ्देन, एन आर एन ए अध्यक्ष अर्जुन तामांग, पुर्व अध्यक्ष, संरक्षक बिबी मल्ल ठकुरी,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई लगयात ले शुभ कामना मन्तब्य दिएको थियो ।
कुवैतका चर्चित कलाकारहरु बाट नेपाली साँस्कृतिकलाई झल्कने, पन्चेबाजा साथै नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा प्रबासी नेपालीहरुलाई परदेशमा रहेर पनि स्वदेश बिर्साउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा परिवारका सम्पूर्ण कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाउन सफल ठुलो हात रहेको थियो ।
कार्यक्रम लाई भब्य र सब्या बनाउन को लागि कुवेतमा रहेका बिभिन्न नेपाली संघ संस्था साथै व्यक्ति बिशेषले कार्यक्रम सफल पर्न आर्थिक सहयोग गरेको थियो। अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष डीबी लोप्चन ले कार्यक्रम एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिनु भएको थियो । कार्यक्रम मा सम्पूर्ण उपस्थित हरुलाई जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।