तेस्रो संविधान दिवस कुवेतमा भव्यताका साथ मनाईयो


कमल सिंह,कुबेत

२१ सेप्टेम्बर,कुवेत । तेस्रो संविधान दिवसको अबसरमा हिजो कुवेतको फर्वानिया स्थित क्राउन प्लाजा होटेलमा एक कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाईएको छ ।

नेपालको संविधान दिवसको अबसर पारेर कुवेतका सहायक परराष्ट्र मन्त्री अमल मेजरेन अल हमदको प्रमुख आतिथ्यतामा सम्पन्न संविधान दिवसमा नेपाली राजदुत यज्ञ बहादुर हमाल र उपस्थित सम्पूर्ण अतिथिहरुले नेपाल – कुवेत झण्डा अन्कित केक काटेर संविधान दिवसको सुरुवात गरिएको थियो | कार्यक्रममा बिभिन्न देशका राजदूतहरु, व्यावसायिहरु, उच्च ओहदाका व्यक्तित्वहरु र कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा विशेष संवोधन गर्दै राजदूत यज्ञबहादुर हमालले नेपाल – कुवेत बिच सन १९७२ देखी मैत्रीपूर्ण सम्बन्ध रहेको प्रष्ट पार्दै नेपाल सदैव कुवेतको स्वतन्त्रता र सार्वभौमिकताको पूर्ण समर्थक रहेको बताए । असोज ३ (सेप्टोम्बर २०) नेपालको लागि ऐतिहासिक दिन भएको बताउदै ३ असोज २०७२ (२० सेप्टेम्बर,२०१५) मा नेपालको ईतिहासमै पहिलो पटक संविधान सभाबाट संविधानको घोषणा गरिएको राजदूत हमालले बताए ।

जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट संविधान जारी गरिएको भन्दै उक्त दिनलाई नेपालको राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको प्रष्ट्याउदै नेपालको संविधानको बिशेषता सबै नेपालीहरुलाई एकै मालामा उनिनु, सार्वभौमिकता, मौलिक अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्रत न्यायालय, लोकतन्त्र र संघिय गणतन्त्र सहित धेरै कुराहरु समेटिनु रहेको राजदूत हमालले बताएका थिए ।

सन २००८ मा संघिय गणतन्त्रिक मुलुकको घोषणा भएको स्मरण गराउँदै सन् २०१५ को बिनाशकारी भूकम्प पछिको पुन निर्माणको कार्य जारी रहेको अवस्थामा पनि यस वर्षको आर्थिक बृद्दिदर ७ प्रतिशत पुगेको प्रति आफू ज्यादै हर्षित भएको भन्दै नेपालमा जलबिद्दुत, खनिज पदार्थ र अन्य सम्भावनाहरुका साथै जाँगरिला युवा शक्ति पर्याप्त मात्रामा रहेको र उक्त स्रोतहरुको अधिकतम उपयोग गरेर उच्च आर्थिक बृद्दि र समृद्दि हासिल गर्ने तर्फ नेपाल सरकारले काम गरीरहेको बताए ।

समारोहमा नेपाली पहिचान झल्काउने पञ्चेबाजा, सोरठी नृत्य, नेपाली लोकधुनहरुले पाहुनाहरुलाई मनोरन्जन प्रदान गर्नुको साथै नेपाली परिकारहरु गुन्द्रुक, म:म, सेलरोटी,अचार लगायत बिभिन्न प्रकारका खानाका परिकारहरुले पाहुनाहरुलाई स्वागत गरिएको थियो ।

 

साभार हाम्रो संचारडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )