प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले


आश्विन ४, २०७४-प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ । पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ । संघीय समाजवादी फोरम १५, माओवादी केन्द्र १३ स्थानमा र राजपा १० स्थानमा अगाडी छ । नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडी छ ।

अघिल्ला दुई चरणकोजस्तै तेस्रो चरणमा तराई मधेसमा भएको निर्वाचनको मतगणना पनि अत्यत्नै सुस्त गतिमा भइरहेको छ । यही हिसावले मतगणना भए मतपरिणाम आउन साता दिनसम्म लाग्ने अनुमान गरिएको छ ।

प्रारम्भीक मतगणनामा कांग्रेस ठूला नगरमा भने पछि परेको छ । वीरगन्ज महानगरपालिकामा र जनकपुर उपमहानगरपालिकामा राजपा अगाडि छ भने जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले अगाडि छ । रौतहटको गौर, सिरहाको लहान नगरपालिकामा एमाले अगाडि छ ।

राजमार्गका स्थानीय तहमा एमालेलाई कांग्रेस र माओवादी केन्द्रले बराबरी टक्कर दिएका छन् । राजमार्ग क्षेत्रबाट बढी आशा गरेको एमालेका लागि दुई दलको सामना गर्नुपर्ने भएपछि परिणाम आफ्नोतिर पार्न सकस पार्न निश्चित छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )