नेपाली महासंघले रमाईलो शरद सााझ २०१७ आयोजना गर्यो


कुबेत नेपालडटकम

१७ सेप्टेम्बर २०१७, हङकङ। हङकङका नेपालीहरु विच सर्वाधिक लोकपि्रय कार्यक्रम स्थल याउ मा ताई कम्यूनिटीहलमा हङकङ नेपाली महासंघको आयोजनामा रमाईलो शरद सांझ सम्पन्न भएको छ। रमाईलो शरद सांझ महासंघले प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ। हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वाणिज्यमन्त्री मिनबहादुर विश्वकर्मको प्रमुख आतिथ्य रहेको थियो। बिशेष अतिथि नेपाल कन्सुलर जनरल हङकङ कन्सुलर कमल प्रसाद भटराई, एनआरएन अध्यक्ष टिका गुरुङ, च्याम्बर्स अध्यक्ष डासुराम पराजुली, महासंघका सल्लाहकारहरु र महासंघका आवद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई आशन गराईएको थियो। रमाईलो शरद सांझलाई भव्यताका साथ सम्पन्न गर्न नेपालबाट डिल्ली फोम्बो लिम्बू, बलराम समाल, सिशीर राई, सरस्वती लामा, रेश्मा पुन र नोभा लिम्बू आएका थिए। समय अभावले गर्दै सबै कलाकारहरुले भने जस्तो आफ्नो प्रस्तुति दिन नपाए पनि हङकङगेली समाजमा आफ्नो गतिलो उपस्थित दर्शाउन सफल भए गायक गायीकाहरु। हङकङ नेपाली महासंघ डान्स समुहका नानीहरुले पनि नेपाली गीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा मगर संघ हङकङको महिला विभागले रु एकलाख र हङकङ नेपाली महासंघले रु एकलाख पचास हजार गरि जम्मा रु दुईलाख पचास हचार वाडिपीडितहरुको सहयोगको लागि अध्यक्ष रिता गुरुङले वाणिज्य मन्त्रीलाई हस्तातरण गरेकी थिइन। कार्यक्रम महासचिव नविन सुहाङ लिम्बूले सञ्चालन गरेका थिए।

साभार हङकङ समाचार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.