एनआरएनए मध्य पूर्वको संयोजकमा धर्मराज गिरीको औपचारिक उम्मेदवारी घोषणा


किरण बुढाथोकी/काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को अन्तराष्ट्रिय सम्मेलनको लागि उम्मेदवारी घोषणा धमाधम भइरहेको छ । एनआरएनएको आठौ सम्मेलनका लागि अध्यक्ष, महासचिवलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेको बेला मध्य पूर्वको संयोजक पदमा धर्मराज गिरीले औपचारिक रुपमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार गिरीले मध्यपुर्वको संयोजक पदमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

मध्य पूर्वमा गैर आवासीय नेपालीको हक हित र अधिकारको पक्षमा सशक्त रुपमा प्रस्तुत भएर विभिन्न आरोह–अवरोह पार गर्दै आउनुभएको गिरी एक इमानदार र योग्य ब्यक्तिको रुपमा आफूलाई चिनाउन सफल हुनुहुन्छ । एनआरएनएको तल्लो कमिटीदेखि नेतृत्व गर्र्दै आउनुभएको गिरी गिरी गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको संस्थापक उपाध्यक्षसमेत हुनुहुन्छ । हाल उहाँ मध्यपूर्वको उपसंयोजक हुनुहुन्छ ।

संघको यहि अक्टोबर १४ देखि १७ सम्म हुने विश्व सम्मेलनका लागि खाडी राष्ट्रहरुको तर्फबाट संयोजक पदमा उम्मेदवारी घोषणा भएसँगै गिरीको चर्चा चुलिएको छ । खाडी मुलुकमा रहेका नेपालीहरुको समस्या समाधानदेखि सबैले रुचाइएका ब्यक्तिका रुपमा रहनुभएको गिरीको विकल्प नभएको विश्लेषणसमेत गरिन थालीएको छ । उहाँले मध्यपूर्वमा रहेका सबै देशहरुमा कसैको मृत्यु नहोस् र यदी भएको खन्डमा त्यो नेपालीको शबलाई ढिला नगरी ४८ घन्टाभित्र नेपाल पठाउनु सक्ने व्यवस्था गर्न दूताबासहरुसँग सहकार्य गर्ने आफनो प्रतिबद्धतासहित आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

यस्ता छन, गिरीका १२ बुँदे घोषणापत्र :

१. मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुको लागि दूताबासबाटै श्रम गर्ने प्रावधानलाई यथासक्य कार्यान्वयनमा ल्याउन पहल गर्ने ।

२. मध्यपूर्वमा रहेका देशहरुमा देशको कानुन परिधि हेरी नेपालीहरुलाई अन अराइभल भिसाको लागि सम्बन्धित दूताबाससंग समन्वय गरेर सरकारलाइ माग गर्ने ।

३. नेपालमा बनेका खाद्यान्न ह्यान्डीक्राफ्ट जस्ता सामानहरुको मध्यपूर्वी देशमा बजार विस्तार गर्नका लागि मध्यपूर्वमा रहेका नेपाली दूताबासहरुसँग सहकार्य गरी सम्बन्धित देशहरुसँग अनुरोध गर्ने ।

४. मध्यपूर्वमा रहेका सम्पूर्ण हामी नेपालीहरुको लागि एक हप्ता न्युनतम सेलरी बनाउन नेपाल सरकारसँग सहकार्य गरी अघी बढाउने, न्युनतम भन्नाले जुन पैसाले परिवारलाई घर खर्च, खान बस्न र छोराछोरीलाई उच्च शिक्षा हासिल गर्न पुग्ने गरी ।

. मध्यपूर्वमा रहेका हामी नेपालीहरु तल्लो लेबलको मात्र काम नभएर सिपमुलुकहरु जस्ता ट्रेडमा बढी मात्रामा नेपाली कामदारहरुको मागहरुलाई मात्र बढी मात्रमा माग गरियोस भनेर नेपाली दूताबासहरुसँग सहकार्य गरी अगाडि बढाउन सरकार सग अनुरोध गर्ने ।

६. मध्यपूर्वमा रहेका देशहरुमा नेपालीहरुको जनसंख्याको आधारमा नेपाली स्कुल, नेपाली होटेल, नेपाली ब्यापार जस्ता लगायत खोल्न तथा बिस्तार गर्न नेपाली दुताबाससँग सहकार्य गरी अघी बढाउने ।

७. मध्यपूर्वमा आउनु चाहेको खन्डमा हाम्रो देशको परिस्थितिलाई मध्यनजर राख्दै डाक्टर नर्स र इन्जिनरहरु बढीमा बढी भित्राउने । जसको कारण मध्यपूर्वमा रहेका नेपालीहरुको सिर उच्च रहोस् ।

८. मध्यपूर्वमा रहेका सबै देशहरुमा कसैको मृत्यु नहोस्, यदी भएको खन्डमा त्यो नेपालीको शबलाई ढिला नगरी ४८ घन्टाभित्र नेपाल पठाउनु सक्ने व्यवस्था गर्न दूताबासहरु सँग सहकार्य गर्ने ।

९. नेपाली भाषा, कला, सस्कृतिक साहित्यको बिकासका लागि कार्यक्रमहरुको तय गरी नेपाली दूताबासहरुसँग सहकार्य गरी अघि बढ्ने ।

१०. मध्यपूर्वमा जाने नेपाली कामदारहरु ठगीमा नपरुन मेनपावर तथा कामदार लाने कम्पनीबाट० भनेर एउटा छुट्टै किसिमको मेकानिजम नियम तर्जुमा गरी नेपाली दूताबासहरुसँग सहकार्य गरी सरकार समक्ष पेस गर्ने ।

११. मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरु नेपालमा मेडिकल फिट र सम्बन्धित देशका कम्पनीमा गएर मेडिकल अनफिट हुने नेपाली कामदारहरुलाई नेपाल फर्काउदा सम्पूर्ण खर्च कामदार लाने कम्पनीले दिन पर्ने जस्ता कुराहरुको नियम बनाइ दूताबास मार्फत पहल गर्ने ।

१२. मध्यपूर्वमा रहेका सम्पूर्ण घरेलु कामदार सम्बन्धित देशका नेपाली राजदुताबसमा कम्तिमा ६–६ महिनामा घर साहुले पेस गराउनु पर्ने ताकी उस्को सम्पूर्ण सम्स्या दूताबासमा खुल्लम खुल्ला राख्न पाउने जस्ता नियम बनाइ नेपाली दूताबासहरुले सम्बन्धित देशका सरकारसँग सहकार्य गरी नियम पालना गराउन पहल गरियोस् ।

साभार जनन्ता टाईमस

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )