बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा बिश्वकर्मा पुजा भब्य रुपमा मनाइयो


कुबेत नेपालडटकम

कुवेत – कुवेतमा नेपाली समाजद्वारा बिश्वकर्मा पुजा भब्यरुपमा मनाईएको छ । उक्त कार्यक्रमगत सुक्रवार नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको आयोजनामा जिलिब स्थित हाई डाईन इन्डियन रेष्टुरेन्टमा एक कार्यक्रम गरि भब्य रुपमा मनाईएको हो  ।

संस्थाका अध्यक्ष  कुल बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतकी काउन्सलर अफ मिनिस्ट्री बिन्दिरा संकर जोशी रहेका थिए भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुपत्रकारहरु बुद्दिजिबीसमाजसेवी कुवेतबासी नेपालीहरूको अतिथिका रुपमा उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष रन बहादुर रसाइलीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन चन्द्र बिस्वकर्मा र बिरबिक्रम सुनारले पालै पालो गरेका थिए । कार्यक्रम संयोजक प्रेम बहादुर बिस्वकर्मा रहेका थिए । 

कार्यक्रममा नया शक्तिको केन्द्रिय प्रतिनिधि नारायण पोखरेलनेपाल साँस्कृतिक मन्चका उपाध्यक्ष डोल राज न्यौपानेनेपाली जनएकता सेवा समाजका घनस्याम वास्ताकोटीचितवन सेवा समाज नेपाल कुवेतका महासचिव जीवन कुमार बिस्वकर्मातमु समाज कुवेतका अध्यक्ष खोप गुरुङमाउन्ट एभरेस्ट स्पोर्ट्स क्लब अध्यक्ष इन्द्र पोखरेलजन प्रगतिशील मन्च कुवेत प्रथम उपाध्यक्ष युवराज गैरेसुदुर पश्चिम सेवा समाजका अध्यक्षपत्रकार तथा साहित्यकार अ्मर खड्का सिर्जनसिल युवा समाज कुवेतको अध्यक्ष पुष्कर सिंह धामी लागायले मन्तब्य राखेका थिए

मन्तब्यको क्रममा बक्ताहरुले बिदेसमा भर पनि आफ्नो संस्कृति जोगाई राख्नको लागि यस्तो कार्यक्रम आयोजना गरेकोमा नमुना बिश्वकर्मा समाज नेपालको प्रसंसा गरेका थिए । बिश्वकर्मा भगवानको फोटोमा फुल अक्ष्यता चड़ाई सबै उपस्थितहरुले पुजा गरि पण्डित तथा पुजारी रोल बहादुर बिस्वकर्माबाट प्रसाद ग्रहण गरेका थिए । पन्चेबाजाले कार्यक्रमको शोभा बडाको थियो भने लोक गायक डोलराज न्यौपाने लगायत स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो । कार्यक्रमका सभापति कुल बहादुर बिश्वकर्माले कार्यक्रम सफल पार्न सहयोग गरेका संघसंस्था उपस्थित आगन्तुक सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भको घोसणा गरिको थियो ।

साभार डिसी नेपाल

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )