एनआरएनकुवेतले अन्तरक्रिया कार्यक्रम गर्यो, कुवेतका संघ संस्थाका प्रतिनिधले दिए सुझाव


कोशराज राई, आकाश शेर्पा/ कुबेत

सेप्टेम्बर १६, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले “श्रमिकहरुको हित र नेपालको समृद्धिको लागि एनआरएनको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाली राजदूतावासको सभा कक्षमा हिजो आयोजित कार्यक्रममा आगमी अक्टोबर १४ देखि १७ तारीख सम्म काठमाडौमा हुन लागेको विश्व सम्मेलनमा कुवेतबाट श्रमिकहरुको समस्याको समाधान तथा नेपालको समृद्धिको लागि एनआरएन कुवेतले निभाउन सक्ने भूमिका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त अन्तरकृया कार्यक्रमको आयोजना गरिएको हो ।

परिषदका अध्यक्ष अर्जुन तामाङको सभाध्यक्षतामा नेपाली दूतावास कुवेतका राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला संयोजक सुस्मिता लिम्बुद्वारा स्वागत मन्तव्य दिएको थियो भने कार्यक्रमलाई सहजीकरण महासचिव हरि लावतीले तथा कार्यक्रमको उद्देश्यको ’boutमा प्रबक्ता कोशराज राईले प्रष्ट्याएका थिए ।

कार्यक्रममा पूर्व आईसीसी सदस्य सुजन केसी, पूर्व उपाध्यक्ष झबिन्द्र बञ्जाडे, माउन्ट स्पोर्टिङ क्लबका अध्यक्ष इन्द्रप्रसाद पोखरेल, एनआरएनए/ एनसीसी ओमनका पूर्व महासचिव सुरज मास्के , तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ, संस्थापक अध्यक्ष तथा संरक्षक राजेन्द्र तामाङ, नेपाली जनप्रगतिशिल मञ्ज कुवेतका प्रवक्ता युवक राई , कोशेली ग्रुपका अध्यक्ष मनु भुजेल मगर , जिफन्ड सपोर्ट ग्रुपका अध्यक्ष अर्जुन बस्नेत , प्रवासी नेपाली मञ्जका उपाध्यक्ष नीरबहादुर नेपाली, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई ‘चट्याङ’ लगायतले एनआरएनए/ एनसीसी कुवेतलाई श्रमिकहरुको हित र नेपालको समृद्धिको लागि एनआरएनले गर्नु पर्ने र उठाउनु पर्ने मागहरूको ’boutमा सुझाव दिएका थिए । सोही अवसरमा जिफन्ड ग्रुप सपोर्टले सात बुँदे लिखित सुझाव पत्र महामहिम राजदूत यज्ञबहादुर हमाल र अध्यक्ष अर्जुन तामाङलाई बुझाएको थियो । कार्यक्रममा आएका सुझावहरुलाई एनआरएनएको विश्व सम्मेलनमा पेश गरिने हुनाले सुझावहरु सार्वजनिक भने गरिएको छैन ।

रोजगारसँगै उद्दार र सेल्टर चाहिने कस्तो रोजगारी खोज्दैछौं? : प्रथम सचिव लिङ्देन

प्रथम सचिव भोगेन्द्र लिङ्देनले रोजगारसँगै उद्दार र सेल्टर चाहिने कस्तो रोजगारी खोज्दैछौं? भनि प्रश्न गर्नुभएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले श्रमिकहरुको हित र नेपालको समृद्धिको लागि एनआरएनको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा दूतावास माथि घरेलु कामदार रोकेको भन्ने दूतावास प्रति लगाईएको आरोपको खण्डन गर्दै प्रथम सचिव भोगेन्द्र लिङ्देनले नेपाली कामदारहरुको बिषयमा गहन रुपले अध्ययन गर्नु आवश्यकता औल्याउँदै हामी कस्तो किसिमको रोजगारीका लागि बोलिरहेका छौ? एउटा यस्तो रोजगारी जो रोजगार सँग सँगै सेल्टरको आवश्यकता आउँदछ? एउटा यस्तो रोजगार जुन रोजगार साथ साथै उद्दार गर्नु पर्ने आवश्यकता छ? भन्ने प्रश्न गर्दै यस्तो रोजगारीको पछाडी हामीले यस र नो भन्नका लागि गम्भिर भएर सोच्न जरुरी रहेको बताउनु भयो ।

कहिले खोलौं, कहिले बन्द गरौं अथवा कहिले के ईन्ट्रेष्टमा बोल्नु भन्दा अगाडी हामी सबै स्पष्ट हुन जरुरी रहेको भन्दै नेपालीलाई चाहिएको रोजगारी यस्तै हो त ? प्रथम सचिव लिङ्देनको प्रश्न थियो । रोजगारी सबैलाई चाहिने र सबैको अधिकार रहेको भन्दै वहाँले उद्दार र सेल्टरमा बस्नु पर्ने रोजगारी नेपालीलाई नचाहिएको स्पष्ट पार्नु भयो ।

नेपाल फर्केका घरेलु कामदारहरुले पु:न कुवेत आउँदा छुट्टिको पत्र चाहिने ’bout प्रष्ट पार्दै प्रथम सचिव लिङ्देनले यहाँ समस्या छन् त्यस कारणले सो को ग्यारेन्टीका लागि छुट्टिको पत्र चाहिएको हो । र उक्त कुरा नेपाल सरकारको श्रम मन्त्रालयको २०७३ चैत्र २१ गतेको निर्णय बमोजिम २०७३ चैत्र २२ गतेदेखी बन्द भएको जानकारी दिनु भयो ।

वहाँले कुवेतमा ज्यान गुमाउनेहरुले पाईसकेका र पाउन बाँकी रहेका क्ष्यतिपूर्ति’bout जानकारी दिँदै गत वर्ष ५ करोड रुपैयाँ र यस वर्ष पनि ३ करोड रुपैयाँ पठाई सकिएको र १ करोड रुपैयाँ भन्दा बढी निकट भविष्यमा नै नेपाल जाने साथै अरु पनि निर्णयको चरणमा रहेको जानकारी दिंदै क्रमश यसका लागि निरन्तरता दिईरहेका छौं । वहाँले थप्नु भयो ।

कार्यक्रममा महामहिम राजदूत यज्ञबहादुर हमालले गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले श्रमिकहरुको हित र नेपालको समृद्धिको लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेकामा प्रशंसा गर्नुभयो ।
वहाँले आफूले सरकारलाई बुझाउने रिपोर्टमा पनि उल्लेख गर्ने गरेको भन्दै यहाँ आउने कामदारमा दक्षता, सिप र ज्ञान हुनु पर्ने कुरा उल्लेख गर्ने गरेको र दक्षता, सीप र ज्ञानका अभावमा यहाँ आएका कामदारहरुलाई आफूले सोचे अनुसारको काम प्राप्त नभएको, बिभिन्न समस्यामा परेको बताउनु भयो ।

समस्यामा पर्नबाट कसरी बचाउने भन्दै समस्यामा परेपछी उद्दार गर्ने र नेपाल पठाउने कार्यहरु गरीरहेको भएपनि समस्या पर्न चाँही कसरी नदिने भन्ने कुरा सोच्नु पर्ने र समस्यामा परीसकेपछी उद्दार गर्ने र स्वदेश फर्काउने काम पनि निरन्तर गर्नु पर्नेमा जोड दिंदै राजदूत हमालले यस्ता कुराहरु पनि एनआरएनएको विश्व सम्मेलनमा पनि उठाउन सुझाव दिनु भयो ।

वक्ताहरुबाट आएको सुझावमा समस्यामा परेका कामदारको उद्दारका लागि कोष स्थापना र फण्डको व्यवस्था गर्नु पर्ने कुरालाई समेट्न पर्ने देखिएको आफूले समेत महसुस् गरेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै आईसीसी सदस्य अमित राईले आफूहरुको कार्यकालमा कुवेतमा मात्रै १५ जना भन्दा बढीलाई राहत प्रदान गरेको उल्लेख गर्दै, ७८/८० हजार नेपालीहरुको भरोशाको केन्द्र एनआरएनए कुवेत भएको हुनाले यस ’boutमा एनसीसी स्पष्ट हुनु पर्ने भन्दै श्रमिकहरुको पक्षमा उभिन र नेपालको स्वाधीनता, स्वाभिमान र प्रतिष्ठालाई जोडेर हेर्न जोड दिएका छन् । सुझाव दिने वक्ताहरुबाट आएको घरेलु कामदार बन्द गर्न नहुने तथा छुट्टिमा गएका कामदारलाई रोक्न नहुने भनाईको खण्डन गर्दै उक्त कुरा बताएका हुन् ।

संसारका महाशक्ति राष्ट्रहरु र कुनै पनि धर्महरु जहिले पनि उसका जनताको स्वाभिमान र स्वतन्त्रताको पक्षमा उभिने गरेको उदाहरण दिंदै नेपाल र नेपालीहरुको स्वाभिमान र स्वाधिनताको निम्ति कहिले झुक्न नहुने उनको सुझाव रहेको थियो ।

बिगत ३०/४० बर्ष देखी कुवेतमा हाम्रा अग्रजहरुले श्रम गरिरहेको भएपनि हाम्रा समस्यहरु जस्ताको त्यस्तै र हाम्रा सपनाहरु जहाँको त्यहीं रहेको भन्दै यहाँ सिकेको सिपलाई मुलुकको समृद्दिमा लगाउन सबैलाई आव्हान समेत गरेका छन् ।

एनआरएनए कुवेत प्रति आरोप प्रत्यारोप गर्नेहरु प्रति लक्षित गर्दै आरोप प्रत्यारोप गर्नेहरु चाँही सम्बन्धित बिषयमा कतिको संवेदनशील र सहभागित जनाउनु भएको छ? छातिमा हात राखेर प्रश्न गर्न अपील गर्दै आईसीसी सदस्य राईले एनआरएनए कुवेतका अध्यक्ष, पदाधिकारीहरुले पनि उठेका बिषयहरुको ’boutमा अत्यन्तै खुल्ला हृदयका साथ सुझाव दिंदै एनसीसीमा आएको प्रतिकृया र सुझावहरुलाई सकारात्मक रुपमा लिन सुझाव पेश गरे ।

कार्यक्रमों समापन गर्दै अध्यक्ष अर्जुन तामाङले यसपालिको विश्व सम्मेलनमा लगानी सम्बन्धि प्याकेज लिएर आउने, कुवेतमा मध्यपूर्व स्तरीय क्षेत्रीय भेला गराउने, दूतावाससंग सहकार्य गरी ट्रेड फेयर र टुरिजम सम्बन्धि सम्बन्धि कार्यक्रम गरेरै छाड्ने प्रतिवद्दता व्यक्त गरे ।
अध्यक्ष तामाङले सुझाव दिन बोलाउँदा नआउने तर बाहिर बाहिर बिरोध मात्र गर्नेहरुको अस्तित्व नरहेको समेत स्पष्ट पारे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )