कुबेत नेपालडटकम
सेप्टेम्बर १४, खोटाङ । खोटाङमा स्वर्गीय रहर सिंह किराती अमराजेम्पा किराती स्मृति कप “प्रथम फुटबल प्रतियोगिता २०७४” आगमी असोज ६ गतेबाट आयोजना हुने भएको छ ।
दिलैसी युवा सर्कस टेम्माको आयोजना तथा टेम्मा फूटबल क्लब खोटाङको सह आयोजनामा भारतीय सेनाबाट अवकाश प्राप्त समाजसेवी स्व रहरसिंङ किराती स्मृतिमा उनकै जन्मभूमि श्री शान्ति मावि पवाला वरडाँडा टेम्मामा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य आकर्षण नृत्य प्रतियोगिता साथै नेपालका ख्याति प्राप्त कलाकारहरु रुपकुमार राई र कला राईको धमाकेदार प्रस्तुति रहने छ । उक्त क्षेत्रका माननिय सांसद तथा अन्य नेता तथा बिशिष्ठ समाजसेवीहरुको उपस्थिति रहने स्व रहरसिंह किरातीका माईला छोरा मन्जित राई किरातीले कुबेत नेपालडटकम लाई जानकारी गराएका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १४ हजार ४ सय रुपैयाँ, मेडल र प्रमाण, दित्तिय हुने टिमलाई नगद ११ हजार १ सय एघार रुपैयाँ मेडल र प्रमाण पत्र र तृतीय हुने टिमलाई नगद ५ हजार ५ सय पाँच रुपैयाँ, मेडल र प्रमाण प्रदान गरिने छ । साथै उत्कृष्ट गोलकिपरलाई मेडल, प्रमाणपत्र र नगद, उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्र र नगद नवोदित खेलाडीलाई सम्मान ।
प्रतियोगिताको नियमहरु:
१, खेलमा ७ जना खेलाडी हुनु पर्ने ।
२, प्रत्येक टिममा १ जना म्यानेजर हुनु पर्ने ।
३, प्रत्येक टिमको ड्रेस अनिवार्य हुनु पर्ने ।
४, खेलमा विवाद आडमा आयोजकको निर्णय नै अन्तिम हुने ।
५, खान वस्नको व्यवस्था खेलाडी स्वयम्ले नै गर्नु पर्ने ।
६,टिम दर्ताको लागि कुनै शुल्क नलाग्ने ।
पुनश्च,
प्रतियोगिता आयोजना हुने:
मिति : २०७४ असोज ६ गते
स्थान : श्री शान्ति मावि पवाला वरडाँडा टेम्मा
समय : बिहान १० बजे देखी