नेपाल आइडलको ग्राण्ड फिनाले इभेन्टको तयारी अन्तिम चरणमा


तिलविक्रम थेवेव/दोहा कतार

आगामी असोज ६ गते, सेप्टेम्बर २२, २०१७ शुक्रबार कतारमा सम्पन्न हुन लागेको ऐतिहासिक नेपाल आइडलको ग्राण्ड फिनाले भव्य समारोहको अन्तिम तयारी करीव करीव पूरा भइसकोको आयोजकले जानकारी दिएको छ।

एपीवान टिभीबाट प्रत्यक्ष प्रशासण भइरहेको देशभित्र र वाहिर विश्व नेपाली समुदायविच अत्यन्तै चर्चामा रहेको नेपाल आइडल रियालिटी सोको ग्राण्ड फिनालेको भव्य समारोह कतारस्थित करीव १६ हजार दर्शक अटाउने एसियन टाउन एम्फिथिएटर ग्राण्डमल सनैयामा सम्पन्न हुन लागेको हो।

ओनिक्स वान इन्टरनेसनल र एभरेष्ट नेपाल युथ एसोसिएशनको संयुक्त आयोजनामा कतारमा सम्पन्न हुने ग्राण्ड फिनाले इभेन्टका संयोजक व्यवसायी उत्तम गुरुङले जानकारी दिएअनुसार स्टेजको अन्तिम तयारीको लागि नेपालबाट नेपाल आइडल रियालिटी सोको व्यवस्थापन पक्ष, प्राविधिक टिम लगायत कतारमा आउनेक्रम जारी रहेको छ।

अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त अत्यन्त लोकप्रिय रियालिटी सोको नेपाली संस्करण नेपाल आइडल संगितकार न्यहु बज्राचार्य, गायिका इन्दिरा जोशी र नेपाली चलचित्र र नेपाली संगित क्षेत्रका लोकप्रिय व्यक्ति काली प्रसाद बास्कोटाले जज गरिरहेका छन् भने लोकप्रिय मोडल सुशिल नेपाल र टेलिभिजन पत्रकार एवं उदघोषिका रिमा विश्वकर्माले यो कार्यक्रमको उदघोषण गरिरहेका छन्।

कतारमा कार्यरत् ४ लाखभन्दा बढी नेपाली समुदायको इच्छा आकांक्षालाई मध्यनजर गरेर यसवर्षको दशैको आगमनसंगै एउटा ऐतिहासिक इभेन्ट गर्न चाहेकोले नेपाल आइडल ग्राण्ड फिनालेको लागि कतारलाई रोजेको कार्यक्रम संयोजक गुरुङले बताए।

यस कार्यक्रमको लागि आवश्यक प्राविधिक, प्रशासनिक प्रक्रियाहरु सवै मिलाई सकिएको बताउदै अन्तिम फाइनलिष्ट तीनजना प्रतिस्पर्धीहरुसंगै अन्य अन्तिम ९ जना नेपाल आइडलका प्रतिस्पर्धीहरु नेपालबाट कतार आउनेछन्। उनीहरुसंगै डीआडी विजेता तेरिया मगर, गायिका नलिना चित्रकार र पार्शव गायक तथा चर्चित गीत साइलीका गायक हेमन्त राना पनि कार्यक्रममा आफनो थप प्रस्तुती दिन आउने संयोजक गुरुङले बताएका छन्।

नेपाल आइडल आयोजक टिम, नेपाल आइडलका बाकी तीन फाइनलिष्ट सहित अन्य ९ प्रतिस्पर्धीहरु, जजहरु, कार्यक्रम संचालक, एपीवान टिभी युनिट, प्राविधिक, इन्जिनियरस, अन्य कलाकारहरु समेत गरेर १०० जनाको हाराहारीमा अतिथीहरु कतार आउन लागेको समेत संयोजक गुरुङले जानकारी दिए।

यस कार्यक्रमलाई सफल बनाउन कतारस्थित सवै संघसस्था, संगठन, विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरुसंग सहयोग र समन्वय गर्दै नेपाली समुदायविच कार्यक्रमको कतारी रियाल ३५/–, ५०/–, ७०/–, १०० /–, २००/– दरका प्रवेश टिकटहरु धमाधम विक्रि वितरण भइरहेको बताउदै अव टिकट समेत सिमितमात्र बाकी रहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए।

यस ऐतिहासिक इभेन्टलाई अविस्मरणीय बनाउन र नेपालीहरुले भरपुर मनोरन्जन पाउन सकुन् भन्ने उद्देश्यले कतारस्थित ग्राण्ड फिनाले इभेन्ट आयोजना गर्न गा्रण्ड फिनाले इभेन्ट संयोजक व्यवसायी उत्तम गुरुङ, इभेन्ट पार्टनर व्यवसायी प्रविण गुरुङ, इभेन्ट पार्टनर प्रदिप शर्मा, इभेन्ट मैनेजर कार्यक्रम मैनेजर व्यवसायी प्रकाश गुरुङ, इभेन्ट सल्लाहकार व्यवसायी समाजिक अभियन्ता सागर नेपालको ससक्त टिम अहोरात्र खटीरहेका छन् ।

 

साभार डिसी नेपाल

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )