Daily Archives: 13/09/2017

गोर्खाल्याण्ड आन्दोलन ९० दिन: मुख्‍यमन्त्री ममताले गरिन् सबै माग अस्वीकार


तोयानाथ भट्टराई
इलामः दार्जिलिङसहितको प्रस्तावित गोर्खाल्याण्डका आन्दोलनरत दलहरुको माग’bout छलफल गर्न सिलिगुडीमा मंगलबार सम्पन्‍न वार्तामा बंगालकी मुख्य मन्त्री ममता बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरेकी छन्। पछिल्लो पटक त्रिपक्षीय वार्ताको माग गरिरहेका आन्दोलनकारी दलहरुलाई सिलिगुडीमा भेला पारेर त्रिपक्षीय वार्ताका लागि कानुनी अड्चन रहेको भन्दै अस्वीकार गरि दिएकी छन्। उनले यस अघिको वार्तामौ छुट्टै गोर्खाल्याण्ड राज्यको माग आफ्नो तहबाट समाधान गर्न नसकने बताइ सकेकी छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भुटानमाथि नेपालको सहज जित, बलिङमा सन्दिपसँगै दीपेन्द्र चम्किए


२८ भदौ, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २१ रन बनाए । आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे । पढ्नेक्रम जारी राख्नुहोस्

भूपूलाई विलासी सुविधा विधेयक पारित गर्न चलखेल, पूर्व सांसदलाई पनि पेन्सन !


राजेन्द्र फुयाल, काठमाडौं
पूर्वविशिष्ट पदाधिकारीको सुविधा विधेयक
भाइटिकाकै दिन ५९१ सांसद भूपू हुने
भाद्र २८, २०७४-संविधानसभाबाट रुपान्तरित संसदको कार्यकाल सकिनै लाग्दा पूर्व पदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउने चलखेल सुरु भएको छ । महिनौंदेखि संसदको राज्यव्यवस्था समितिमा अलपत्र रहेको पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्