Daily Archives: 12/09/2017

सृजनशिल युवा समाज कुवेतले डिसेम्बर १५ मा अधिवेशन गर्ने


कुबेत नेपालडटकम

सेप्टेम्बर १२, कुवेत । सृजनशिल युवा समाज कुवेतले आगामी डिसेम्बर १५ तारिख शुक्रबार पहिलो अधिवेशन गर्ने भएको छ । सामाजिक कार्यमा सक्रिय समाजले उक्त दिन अाफ्ना भावि लक्ष्य उदेश्य ’bout जानकारी गराई नयाँ युवाहरुलाई समाजमा प्रवेश गराउने अध्यक्ष पुष्कर सिंह धामीले जानकारी दिए | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे


सागर पण्डित
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जग्गा खरिद प्रकरण: पूर्वमन्त्री देखि वडा सचिवसम्मको मिलेमतो


काठमाडौं: व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एक वर्षभन्दा कम सजाय हुने फौजदारी मुद्दा छिनोफानो स्थानीय तहबाटै


-राजेन्द्र फुयाल, काठमाडौंभाद्र २७, २०७४-परिवार र छरछिमेकमा हुने स–साना मुद्दा मामिलाको मात्रै होइन एक वर्षभन्दा कम सजाय हुने प्रकृतिका फौजदारी मुद्दाको निरूपणसमेत अब स्थानीय तहबाटै हुने भएको छ । निर्वाचित जनप्रतिनिधिलाई अधिकारसम्पन्न बनाएको ‘स्थानीय सरकार सञ्चालन विधेयक’ ले नगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष नेतृत्वको न्यायिक समितिलाई व्यापक क्षेत्राधिकार दिएको हो । संसदको विकास समितिबाट आइतबारै परित विधेयक छिट्टै संसदको पूर्ण बैठकबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । न्यायिक समितिको निर्णयमा चित्त नबुझ्ने पक्षले ९० दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने विधेयकमा व्यवस्था छ । प्रचलित कानुनबमोजिम मेलमिलाप हुन सक्ने व्यक्ति वादी भई दायर हुने देवानी र एक वर्षसम्म कैद पढ्नेक्रम जारी राख्नुहोस्